अजोड इन्स्योरेन्सको शेयरमूल्यमा निरन्तर चौथो कारोबार दिन सकारात्मक सर्किट

Aug 06, 2020 11:33 AM Merolagani



गत आइतबार (साउन १८ गते) देखि दोस्रो बजारमा कारोबार शुरु भएको अजोड इन्स्योरेन्स (AIL) को शेयरमूल्यमा निरन्तर चौथो दिन सकारात्मक सर्किट लागेको छ।

कारोबार शुरु भएको पहिलो दिनदेखि नै सकारात्मक सर्किट लागि उकालो लागिरहेको यस इन्स्योरेन्सको शेयरमूल्यमा यस दिन (बिहीबार) पनि सकारात्मक सर्किट लागेको हो।

पहिलो कारोबारका लागि ९७ रुपैयाँदेखि २९१ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज पाएको यस कम्पनीको पहिलो कारोबार २९१ रुपैयाँमा भएको थियो। सोपश्चात उकालो लागेको यस इन्स्योरेन्सको शेयर अहिले प्रतिकित्ता ४२५ रुपैयाँमा कारोबार भइरहेको छ।

 

यस इन्स्योरेन्सको मार्केट डेप्थ हेर्दा खरिदकर्ताको चाप देखिन्छ भने बिक्रीकर्ता शून्य छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।