अजोड इन्स्योरेन्सको शेयरमूल्यमा निरन्तर चौथो कारोबार दिन सकारात्मक सर्किट

Aug 06, 2020 11:33 AM Merolagani



गत आइतबार (साउन १८ गते) देखि दोस्रो बजारमा कारोबार शुरु भएको अजोड इन्स्योरेन्स (AIL) को शेयरमूल्यमा निरन्तर चौथो दिन सकारात्मक सर्किट लागेको छ।

कारोबार शुरु भएको पहिलो दिनदेखि नै सकारात्मक सर्किट लागि उकालो लागिरहेको यस इन्स्योरेन्सको शेयरमूल्यमा यस दिन (बिहीबार) पनि सकारात्मक सर्किट लागेको हो।

पहिलो कारोबारका लागि ९७ रुपैयाँदेखि २९१ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज पाएको यस कम्पनीको पहिलो कारोबार २९१ रुपैयाँमा भएको थियो। सोपश्चात उकालो लागेको यस इन्स्योरेन्सको शेयर अहिले प्रतिकित्ता ४२५ रुपैयाँमा कारोबार भइरहेको छ।

 

यस इन्स्योरेन्सको मार्केट डेप्थ हेर्दा खरिदकर्ताको चाप देखिन्छ भने बिक्रीकर्ता शून्य छ।