अपाचे आरटीआर १६० फोर भी सिंगल डिस्क दराजमार्फत सार्वजनिक

Aug 06, 2020 11:56 AM Merolagani



टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले अपाचे आरटीआर १६० फोर भी को सिंगल डिस्क भेरियन्ट आज मंगलबार साउन २० गते दराज एप मार्फत सार्वजनिक गरेको छ। कम्पनीले यसअघि डबल डिस्कमा मात्रै बिक्री गर्दै आएको आरटीआर १६० फोर भी अब सिंगल डिस्कमा पनि उपलब्ध गराएको हो।

नयाँ उत्पादनमा आरटीआर १६० फोर भी डबल डिस्क जस्तै सम्पूर्ण फिचरहरु उपलब्ध छन्। सिंगल डिस्कमा पछाडि चक्कामा भने ड्रम ब्रेक दिइएको छ।

दराजले चलाई रहेको ‘दराजले महाबचत योजना’ सकिए लगतै नयाँ आरटीआर १६० फोर भी सिंगल डिस्क सार्वजनिक गरिएको हो। नेपालमा कुनैपनि कम्पनीले आफ्ना उत्पादनको सुरुवात नै डिजिटल प्ल्याटफर्म मार्फत गरेको यो पहिलो पटक हो।

‘हामीले दराजको महाबचत योजनामा आरटीआर १६० फोर भीको सिंगल डिस्क भेरियन्ट सार्वजनिक गरेका छौं। अहिले कोभिड १९ का कारण सामाजिक दूरी कायम गर्दै अगाडि बढ्नु पर्ने भएकाले यसको लञ्चिङ नै डिजिटल प्ल्याटफर्मबाट गर्न उचित हुने लागेर दराजमार्फत नै बिक्री शुरु गरेका हौं,’ जगदम्बा माेटर्सका उपाध्यक्ष दिपक कुमार अग्रवालले बताए।

कम्पनीले साउन ८ गते सार्वजनिक गरेको नयाँ मूल्यसूचीमा नै आरटीआर १६० फोर भी सिंगल डिस्क भेरियन्टको मूल्य समावेश गरेको थियो। कम्पनीले यसको मूल्य २ लाख ७२ हजार ९०० रुपैयाँ तोकेको छ। आरटीआर १६० फोर भीलाई दराज एपमार्फत खरिद गर्ने ग्राहकले नगद १४ हजार रुपैयाँ छुट पाउने छन्। मोटरसाइकलको छुटपछिको मूल्य २ लाख ५८ हजार ९०० रुपैयाँ हुनेछ। तर, यसको आधिकारीक मूल्य भने २ लाख ७२ हजार ९०० रुपैयाँ रहेको छ। दराजमा यो योजना ७ दिनको लागि रहनेछ। 

यस माेटरसाइकलमा पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पीड गियरबक्स रहेको छ।  टीभीएस अपाचे आरटीआर १६० फोर भी ‘पावर टु वेट रेसियो’ मा टप स्पीड ११३ किलोमिटर प्रति घण्टा रहेको छ। जसले आश्चर्यजनक रुपमा ० देखि ६० किलोमिटर प्रतिघण्टाको रफ्तार मात्र ४.७३ सेकेन्डमा पुरा गर्छ।

आरटीआर १६० फोर भीमा रहेको १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ, आयल कुल्ड इन्जिन रहेको छ, उक्त इन्जिनले १६.५ पीएस पावर ८००० आरपीएममा र १४.८ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ। यस मोटरसाइकलमा पूर्ण डिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिइएको छ। आकर्षक हेडल्याम्पको साथमा आएको यो मोटरसाइकलमा डेटाइम रनिङ लाइट उपलब्ध छ। यसलाई कम्पनीले तीन कलर अप्सनमा बजारमा उतारेको छ। जसमा मेटालिक व्ल्यू, रेसिङ रेड र काइनाइट व्ल्याक कलर रहेका छन्।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।