नारायणी डेभलपमेन्ट बैंक समस्याग्रस्त बैंकको सूचीबाट हट्यो

Aug 06, 2020 12:14 PM Merolagani



नेपाल राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त बैंकको सूचीबाट हटाएको छ। 

करिब ६ वर्ष अघि समस्याग्रस्त बैंकको सूचीमा राखेको नारायणी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकको साउन ८ गते बसेको सञ्चालक समितिको बैठकले समस्याग्रस्त बैंकबाट फुकुवा गरेको हो।

नारायणी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले २०७० चैत २७ गते निक्षेप स्वीकार गर्ने, कर्जा लगानी गर्ने, जमानत प्रदान गर्ने लगायतको कारोबार गर्न नपाउने गरी समस्याग्रस्त घोषणा गरेको थियो।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।