नारायणी डेभलपमेन्ट बैंक समस्याग्रस्त बैंकको सूचीबाट हट्यो

Aug 06, 2020 12:14 PM Merolagani



नेपाल राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त बैंकको सूचीबाट हटाएको छ। 

करिब ६ वर्ष अघि समस्याग्रस्त बैंकको सूचीमा राखेको नारायणी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकको साउन ८ गते बसेको सञ्चालक समितिको बैठकले समस्याग्रस्त बैंकबाट फुकुवा गरेको हो।

नारायणी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले २०७० चैत २७ गते निक्षेप स्वीकार गर्ने, कर्जा लगानी गर्ने, जमानत प्रदान गर्ने लगायतको कारोबार गर्न नपाउने गरी समस्याग्रस्त घोषणा गरेको थियो।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।