कोरोना संक्रमणका कारण थप ५ जनाकाे निधन, कुल संख्या ६५ पुग्याे

Aug 06, 2020 04:54 PM Merolagani

नेपालमा थप ५ कोरोना संक्रमितकाे निधन भएको छ। योसँगै देशभर ६५ पुगेको छ।

माेरङस्थित रंगेली नगरपालिका, ८ दर्बेसाका ४५ वर्षिय पुरुषको साउन २१ गते बिहान साढे १० बजे निधन भएको हो। ज्वराे तथा स्वासप्रश्वासमा समस्या देखिएसँगै उनलाई काेशी अस्पताल पुर्याइएकाे थियाे। उनकाे साेहि दिन स्वाब संकलन गरिएको थियो जसमा कोरोना पुष्टि भएको हो।

यसैगरी बुधबार नै अर्का एक संक्रमितको पनि निधन भएको छ। मोरङ विराटनगर, ९ बस्ने ४५ वर्षका एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। ती पुरुषको साउन २१ गते दिउँसो १ बजे मृत्यु भएको थियो। कलेजोका रोगी रहेका उनी मंगलबार राती कोशी अस्पताल भर्ना भएका थिए। मृत्युपछि भएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको हो।

यस्तै, साउन २१ गते नै सर्लाही–६ मलंगवा स्थायी बसाेबास भएकी ६५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचारका क्रममा निधन भएको हो।निमोनियाका र स्क्रब टाइफसको समस्या रहेकी उनलाई मनमोहन अस्पतालबाट बलम्बु रिफर गरिएको थियो। उनमा १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

धनुषा, मिथिला नगर, १० लालगढ बस्ने ७२ वर्षकी एक वृद्धकाे पनि साउन १७ गते दिउँसाे १२ बजे चाबाहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरमा निधन भएकाे छ। साउन १७ गते बिहान ३ः४८ बजे दम, हाइपाेथाइरेडिज्म र उच्च रक्तचापका बिरामी उनलाई मधुमेहकासाथै पेट दुख्ने , निमाेनिया तथा स्वासप्रश्वासमा समस्या भएका कारण धनुषाबाट सिधै अस्पताल लगिएकाे थियाे।

सप्तरी रूपनी, ५ का ४२ वर्षका एक पुरूषकाे पनि काेराेना संक्रमणका कारण साउन २१ गते निधन भएकाे छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।