संक्रमित मानिसबाट जनावरलाई पनि कोरोनाको खतरा, जनावरबाट सर्ने खतरा कति?

Aug 08, 2020 04:29 PM Merolagani



के मानिसबाट मानिसमा फैलने कोरोना भाइरसको संक्रमण जनावरहरुमा पनि सर्न सक्छ? यो कुराका बारेमा जानकारी हासिल गर्नका लागि कयौँ प्रकारका अध्ययन, अनुसन्धान भइरहेका छन् । 

विश्वमा कोरोनाका केही मामला जनावरहरुमा पनि देखिइसकेका छन् । यद्यपी यस्ता घटनाहरुको संख्या भने एकदमै कम मात्र रहेको छ ।

खास कुरा भनेको संक्रमणको सिकार भएका जनावहरहरुमध्ये अधिकांश कोभिड–१९ बिरामीको सम्पर्कमा आएका थिए । सेन्टर्स फर डिजीज प्रिभेन्सन एण्ड कन्ट्रोलका अनुसार, जनावरको पनि कोभिड–१९ फैलाउनमा ठूलो भूमिका हुन्छ भन्ने कुराको हालसम्म कुनै पनि प्रमाण भेटिएको छैन । तर कोरोना संक्रमण मानिसबाट जनावरलाई कोरोना सर्ने खतरा हुनसक्छ ।

विशेषज्ञहरु अझै पनि यस भाइरसका बारेमा थप जाँचबुझ गरिरहेका छन् । यो भाइरस कुनै पनि अवस्थामा मानिसबाट जनावरमा फैलन सक्ने बताइएको छ । खासगरी जब कुनै घरपालुवा जनावर कुनै कोभिड–१९ का संक्रमितको सम्पर्कमा आएको छ भने सर्ने सम्भावना उच्च रहन्छ ।

केही दिन पहिले मात्र अमेरिकामा ७ वर्षीय जर्मन शेफर्ड डग बडीको मृत्यु भएको थियो । नेशनल जियोग्राफिकका अनुसार, बडी कोरोना भाइरसबाट संक्रमित हुने पहिलो अमेरिकी डग थियो ।

यसका अलावा मार्चको सुरुवातमा न्यूयोर्कको ब्रन्क्स चिडियाघरमा ४ वर्षीया बघिनी नादियामा कोभिड–१९ पोजेटिभ पाइएको थियो । एजेन्सीको सहयोगमा 




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।