काठमाडौं उपत्यकाका ६२ जना समेत गरी शनिबार ३७८ जनामा संक्रमित थपिए

Aug 08, 2020 04:27 PM Merolagani



शनिबार थप ३७८ जनामा कारोना संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा २२ हजार ५९२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमध्ये संक्रमण सक्रिय ६ हजार २०६ जनामा छ । 

आज थपिएका संक्रमितमध्ये काठमाडौंका ५६ जना , ललितपुरका तीन जना र भक्तपुरका तीन जना रहेका छन् ।

पछिल्लाे २४ घण्टामा कोरोना मुक्त भएर डिस्चार्ज हुनेको संख्या ४९९ रहेको छ । यस्तै हालसम्म देशभरमा १६ हजार ३१३ जना कोरोना निको भएका छन् ।


संक्रमितको विवरण : 

महोत्तरी : १७
सुनसरी : १०
मोरङ  : ४९
सप्तरी : १
धनुषा : २०
बारा : ७
पर्सा : ५८
काठमाडौं : ५६
चितवन : २
सर्लाही : ३६
मकवानपुर : ६
रौतहट : ४
सिन्धुली ; २
काभ्रेपलान्चोक : ७
रामेछाप ; ५
धादिङ : २
ललितपुर : ३
दोलखा :  २
नुवाकोट : १
भक्तपुर : ३
बाग्लुङ : १३
कास्की : ३
म्याग्दी : १
स्याङजा : ७
बाँके : ४९
रूकुम : १
बर्दिया : १
सुर्खेत : ३
जाजरकोट : १
बझाङ : ३ 
कैलाली :  ४
कन्चनपुर : ४

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।