काठमाडौं उपत्यकाका ६२ जना समेत गरी शनिबार ३७८ जनामा संक्रमित थपिए

Aug 08, 2020 04:27 PM Merolagani



शनिबार थप ३७८ जनामा कारोना संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा २२ हजार ५९२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमध्ये संक्रमण सक्रिय ६ हजार २०६ जनामा छ । 

आज थपिएका संक्रमितमध्ये काठमाडौंका ५६ जना , ललितपुरका तीन जना र भक्तपुरका तीन जना रहेका छन् ।

पछिल्लाे २४ घण्टामा कोरोना मुक्त भएर डिस्चार्ज हुनेको संख्या ४९९ रहेको छ । यस्तै हालसम्म देशभरमा १६ हजार ३१३ जना कोरोना निको भएका छन् ।


संक्रमितको विवरण : 

महोत्तरी : १७
सुनसरी : १०
मोरङ  : ४९
सप्तरी : १
धनुषा : २०
बारा : ७
पर्सा : ५८
काठमाडौं : ५६
चितवन : २
सर्लाही : ३६
मकवानपुर : ६
रौतहट : ४
सिन्धुली ; २
काभ्रेपलान्चोक : ७
रामेछाप ; ५
धादिङ : २
ललितपुर : ३
दोलखा :  २
नुवाकोट : १
भक्तपुर : ३
बाग्लुङ : १३
कास्की : ३
म्याग्दी : १
स्याङजा : ७
बाँके : ४९
रूकुम : १
बर्दिया : १
सुर्खेत : ३
जाजरकोट : १
बझाङ : ३ 
कैलाली :  ४
कन्चनपुर : ४

 




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।