प्राइम लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क करिब १४ प्रतिशत बढ्यो, खुद नाफा भने घट्यो

Aug 09, 2020 09:12 AM Merolagani

प्राइम लाइफ इन्स्योरेन्स (PLIC) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ अर्ब २६ करोड २५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा १३.७८ प्रतिशत बढी हो।

 अघिल्लो वर्षको असार मसान्तसम्ममा इन्स्योरेन्सले २ अर्ब ८६ करोड ७४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।

कम्पनीको खुद बीमाशुल्क बढेपनि खुद नाफा भने समीक्षा अवधिमा घटेको छ। अघिल्लो आर्थिक वर्षमा ३१ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले गत आर्थिक वर्षमा २९ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

सो अवधिमा कम्पनीले बीमालेख धितोबापत १ अर्ब १९ करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यसबापत कम्पनीले १० करोड ७८ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ। सो अवधिसम्ममा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट ९१ करोड २ लाख रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पूँजी २ अर्ब २५ करोड ८९ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ८८ करोड ९८ लाख रुपैयाँ सञ्चित छ। यस्तै जीवन बीमा कोषमा ११ अर्ब ४७ करोड र महाविपत्ती कोषमा १३ करोड ९४ लाख रुपैयाँ सञ्चित छ।

कम्पनीको प्रतिशेयर आम्दानी १३ रुपैयाँ २२ पैसा, प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ५६ पैसा र मूल्य आम्दानी अनुपात ४०.१८ गुणा छ।
हालसम्म कम्पनीले १८ अर्ब ४४ करोड कूल बीमा शुल्क आर्जन गरेको छ। कम्पनीले २ हजार ५४९ दाबी बापत कूल ७० करोड १ लाख रुपैयाँको भुक्तानी गरेको छ भने २८ दाबी बापत ५५ लाख ४२ हजार रुपैयाँ भुक्तानी हुन बाँकी छ। कम्पनीले हालसम्म १७ लाख ८ हजार ७२१ वटा बीमालेख जारी गरेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।