आइतबार ३८० जनामा कोराना संक्रमण पुष्टि, काठमाडाैंकै ९० जना

Aug 09, 2020 04:29 PM Merolagani



साउन २५ गते आइतबार ३८० जनामा कोराना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २२ हजार ९७२ पुगेको छ जसमध्ये सक्रिय संक्रमित ६ हजार ५४४ रहेका छन्।

आज थपिएका कोरोना संक्रमितमध्ये काठमाडौंका ९० जना र ललितपुरका २ जना रहेका छन्।

यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना मुक्त भई डिस्चार्ज हुनेको संख्या ४० रहेको छ भने हालसम्म १६ हजार ३५३ जना कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै मन्त्रालयका अनुसार देशभरमा हालसम्म चार लाख ४३ हजार ८०४ पीसीआर परीक्षण भएको छ भने ११ हजार ३८ क्वारेन्टिनमा जना रहेका छन्। त्यस्तै आइसोलेसनमा ६ हजार ५४४ जना रहेका छन् । 

पछिल्लो २४ घण्टामा ८ हजार ५१५ वटा पीसीआर परीक्षण भएको छ । हाल पर्सा, रौतहट, महोत्तरी र काठमाडौंमा ५०० भन्दा बढी संक्रमित छन् ।

संक्रमितकाे विवरण :

सुनसरी ः ६

सिराहा : ४

माेरङ ः २८

झापा ः ४

सप्तरी : १७

महाेत्तरी : १५ 

राैतहट : १

सर्लाही : ४

बारा : ५

पर्सा : ७३

सिन्धुली : १

काठमाडाैं : ९०

ललितपुर : २

धनुषा : ३७

नवलपरासी : ४

चितवन : ७

नुवाकाेट : ३

रामेछाप : १

सिन्धुपाल्चाेक : १

धादिङ : १

पाल्पा : १

कपिलवस्तु : १७

रूपन्देही : १०

पर्वत : १

बाँके : २१

बर्दिया : २

दाङ : ४

दैलेख : १

सुर्खेत : २

जुम्ला : ४

कालीकाेट : २

बैतडी : १

डडेलधुरा : ३

डाेटी : ८

 




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।