आइतबार ३८० जनामा कोराना संक्रमण पुष्टि, काठमाडाैंकै ९० जना

Aug 09, 2020 04:29 PM Merolagani



साउन २५ गते आइतबार ३८० जनामा कोराना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २२ हजार ९७२ पुगेको छ जसमध्ये सक्रिय संक्रमित ६ हजार ५४४ रहेका छन्।

आज थपिएका कोरोना संक्रमितमध्ये काठमाडौंका ९० जना र ललितपुरका २ जना रहेका छन्।

यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना मुक्त भई डिस्चार्ज हुनेको संख्या ४० रहेको छ भने हालसम्म १६ हजार ३५३ जना कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै मन्त्रालयका अनुसार देशभरमा हालसम्म चार लाख ४३ हजार ८०४ पीसीआर परीक्षण भएको छ भने ११ हजार ३८ क्वारेन्टिनमा जना रहेका छन्। त्यस्तै आइसोलेसनमा ६ हजार ५४४ जना रहेका छन् । 

पछिल्लो २४ घण्टामा ८ हजार ५१५ वटा पीसीआर परीक्षण भएको छ । हाल पर्सा, रौतहट, महोत्तरी र काठमाडौंमा ५०० भन्दा बढी संक्रमित छन् ।

संक्रमितकाे विवरण :

सुनसरी ः ६

सिराहा : ४

माेरङ ः २८

झापा ः ४

सप्तरी : १७

महाेत्तरी : १५ 

राैतहट : १

सर्लाही : ४

बारा : ५

पर्सा : ७३

सिन्धुली : १

काठमाडाैं : ९०

ललितपुर : २

धनुषा : ३७

नवलपरासी : ४

चितवन : ७

नुवाकाेट : ३

रामेछाप : १

सिन्धुपाल्चाेक : १

धादिङ : १

पाल्पा : १

कपिलवस्तु : १७

रूपन्देही : १०

पर्वत : १

बाँके : २१

बर्दिया : २

दाङ : ४

दैलेख : १

सुर्खेत : २

जुम्ला : ४

कालीकाेट : २

बैतडी : १

डडेलधुरा : ३

डाेटी : ८

 




चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Oct 02, 2026 06:42 AM

असोज १६ गते, शुक्रबार, चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेश्नल, विकास हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।