अझै २८ प्रतिशतले लगाएनन् मास्क,३१ प्रतिशतले मात्र पालन गरे भाैतिक दूरी:अध्ययन

Aug 09, 2020 05:40 PM Merolagani

नेपालमा कोरोना संक्रमणको दर तीब्र हुँदै गर्दा अझै २८ प्रतिशतले मास्क प्रयोग नगर्ने गरेको पाईएको छ । नेपाल स्वास्थ्य अनुशन्धान परिषदले गरेको काठमाडौं उपत्यकाका २३ सार्वजनिक स्थलमा गरेको अध्ययनले उक्त निर्कष निकालेको हो ।

व्यक्तिगत रुपमा ४ हजार ५०२ जनामा गरेको अध्ययन अनुसार ७२.१ प्रतिशतले मात्रै सार्वजनिक स्थलमा मास्क  लगाउने गरेको पाईएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव प्रदिपज्ञवालीले जानकारी गराए । त्यस अनुसार अझै २७.९ प्रतिशतले मास्क नलगाउने गरेको अध्ययनले देखाएको छ ।

सार्वजनिक स्थालमा मास्क लगाउने २ हजार ७०३ जना मध्ये पनि ७२. ६६ प्रतिशतले सहि तरीकाले माक्स लगाएका छन् भने २७. ३४ प्रतिशतले नाक मुनी, चिउँडो मुनी वा घाँटीमा मास्क  लगाउने गरेको अध्ययनले देखाएको छ। यस्तै १५ प्रतिशतले कपडाको माक्स लगाउने गरेको देखाएको छ ।

यस्तै संस्थागत अन्तगर्त सरकारी कार्यालय,सपिङ्ग मल, बैंक, होटल, सार्वजनिक स्थालमा अध्ययन गर्दा धेरै कम स्थानमा मात्रै २ मिटरको सामाजिक दूरी कायम गरेको भेटिएको छ । अध्ययनले ३१.२ प्रतिशतले मात्रै सार्वजनिक स्थालमा सामाजिक दुरी कायम गरेको देखाएको छ ।

यसैगरी ६० सार्वजनिक स्थानमा साबुन पानीको र स्यानिटाइजरको व्यवस्था भएको पनि अध्ययनले देखिएको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।