जीवन विकास लघुवित्तको नाफा ५४ प्रतिशतले बढ्यो

Aug 12, 2020 10:02 AM Merolagani



जीवन विकास लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासमा ५४ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ। 

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा २२ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले गत आर्थिक वर्षमा ३४ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा भएको बृद्धिले उसको खुद नाफा बढाउन सहयोग पुगेको हो।

चौथो त्रैमाससम्ममा लघुवित्तले १ अर्ब ७५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्षको यसै अवधिमा बैंकले ६१ करोड ६३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

त्यस्तै, सञ्चालन नाफा २३ करोड रुपैयाँबाट बढेर ४२ करोड ३८ लाख रुपैयाँ पुगेको छ। लघुवित्तको सञ्चालन खर्च भने बढेको छ। अघिल्लो आर्थिक वर्षमा ३ करोड २१ लाख रुपैयाँ रहेको लघुवित्तको सञ्चालन खर्च बढेर ८ करोड ५५ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा लघुवित्तको निक्षेप संकलन ४ अर्ब ८१ करोड रुपैयाँबाट बढेर ६ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ९ अर्ब २७ करोड रुपैयाँबाट बढेर १० अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। खराव कर्जा ०.२४ प्रतिशतबाट बढेर ०.२९ प्रतिशत पुगेको छ।

लघुवित्तको चुक्ता पुँजी १४ करोड रहेको छ भने जगेडा कोषमा ५५ करोड १० लाख रुपैयाँ रहेको छ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।