प्रभु इन्स्योरेन्सकाे लाभांश शेयरधनीहरूकाे खातामा

Aug 12, 2020 12:57 PM Merolagani



प्रभु इन्स्योरेन्स (PRIN) ले शेयरधनीहरुलाई लाभांश पठाउन थालेको छ। इन्स्योरेन्सले शेयरधनीलाई वितरण गरेको ५ प्रतिशत बोनस शेयर शेयरधनीको खातामा पठाउन थालेको हो।

इन्स्योरेन्सले २०७६ माघ ९ गतेसम्म आफ्नो भौतिक शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुलाई बोनस शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरेको जनाएको छ। त्यसपश्चात अभौतिकरण गराएका शेयधनीहरुलाई भने क्रमश: हितग्राही खातामा जम्मा गरिने जनाएको छ।

यस्तै ११.३२ प्रतिशत नगद लाभांश पनि शेयरधनीको हितग्राही खातामा अद्यावधिक बैंक खातामा जम्मा गरिएको जनाएको छ। हितग्राही खातामा बैंक खाता अद्यावधिक गरिरहेको हकमा जम्मा गर्ने प्रकृया रहेको जनाउदै हालसम्म पनि शेयर डिम्याट नगरेका शेयरधनीहरुलाई शेयर डिम्याट गरी बैंक खाता नम्बर अद्यावधिक गर्न आग्रह गरेको छ।

आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट कम्पनीले ५ प्रतिशत बोनस शेयर तथा कर सहित ११.३२ प्रतिशत नगद गरि १६.३२ प्रतिशत लाभांश वितरण गरेको थियाे।




के सरकारले शेयर कारोबारमा ट्रान्जेक्सन ट्याक्स लगाउन लागेको हो ?

Jun 28, 2026 05:08 PM

सुवास निरौला 

पछिल्लो समय सामाजिक सञ्जालमा शेयर बजारका विश्लेषक तथा लगानीकर्ता विष्णुप्रसाद बस्यालले फेसबुकमा लेखेको एउटा स्टाटसले शेयर बजारका आम लगानीकर्तामा ठूलो भ्रम र अन्योल सिर्जना गरिदिएको छ।