प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा आह्वान, शेयर स्वामित्व परिवर्तन गर्ने

Aug 21, 2020 11:24 AM Merolagani



प्रुडेन्सियल इन्स्योरन्स (PICL) ले वार्षिक साधारण सभा बोलाएको छ। कम्पनी सञ्चालक समितिको भदौ २ गते बसेको बैठकले आर्थिक वर्ष २०७५/७६ को १८ औं वार्षिक साधारण सभा आह्वान गरेको हो।

कम्पनीले भदौ २६ गते शुक्रबार बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय विरगञ्ज, पर्सामा बोलाएको छ।

कम्पनीले हाल कायम रहेकाे शेयर स्वामित्व परिवर्तन गर्ने विषेश प्रस्ताव सहित साधारण सभा बोलाएको हो। कम्पनीमा हाल संस्थापक शेयरधनीको ८० प्रतिशत र सर्वसाधारण शेयरधनीको २० प्रतिशत शेयर स्वामित्व रहेको छ। त्यसलाई परिवर्तन गरी संस्थापक समुहको ८० प्रतिशत घटाई ६० प्रतिशत र सर्वसाधारण समुहको २० प्रतिशतबाट ४० प्रतिशत पुर्याउने विषेश प्रस्ताव गरेको छ।

यस्तै साधारण सभाले संस्थापक शेयरधनीहरुबाट ४ जना संचालक निर्वाचन गर्नेछ।

साधारण सभाबाट कम्पनीको वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने र लेखा परीक्षकको नियुक्ती गर्ने प्रस्ताव समेत पारित गर्दैछ।

साधारण सभा प्रयोजनको लगि कम्पनी भदौ १२ गते देखि बुक क्लोज गर्ने जनाएको छ। त्यस अनुसार भदौ ११ गतेसम्म कायम शेयरधनी साधारण सभामा सहभागी हुन सक्नेछन्।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।