ललितपुरमा कर्फ्यू हट्यो, पुल्चाेक र मंगलबजार निषेधित क्षेत्र, ५ जनाभन्दा बढी जम्मा हुन नपाउने

Sep 04, 2020 10:33 PM Merolagani



ललितपुरको चक्रपथ क्षेत्रभित्र शुक्रबार लगाइएको कर्फ्यू हटेको छ। बिहान ४ बजेदेखि लगाइएको कर्फ्यू बेलुका १० बजे हटेको हो।

कर्फ्यू हटाइपनि जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोक र मंगलबजारलाई निषेधित क्षेत्र घोषणा गरेको छ । मछिन्द्रनाथको रथ रहेको आसपास क्षेत्रमा पूर्व मदन स्मारक देखि पश्चिममा महानगरपालिकाको कार्यालय, उत्तरमा बख्खुडोल र दक्षिण सेन्ट जेभियर स्कुलसम्मलाई निधेषित क्षेत्र घोषणा गरिएको हो।

त्यस्तै मंगलबजारतर्फ पूर्व मंगलबजार चोक, पश्चिम मदन स्मारक अगाडिको चोक, उत्तरमा तिमबहाल र दक्षिण पूर्णचण्डी मन्दिरसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । निषेधाज्ञा भदौ २० गतेदेखि २६ गतेसम्म लागू हुने जिल्ला प्रशासन कार्यालयले जनाइएको छ ।

निषेधाज्ञा बिहान ५ बजेदेखि बेलुका १० बजेसम्म लागू हुनेछ ।

यस्तै निषेधाज्ञा तोकिएको क्षेत्रमा ५ जनाभन्दा बढी मानिस जम्मा नहुन पनि जिल्ला प्रशासन कार्यालयले आदेश जारी गरेको छ ।

बिहीबार रातो मत्स्येन्द्रनाथको रथयात्रालाई लिएर पुल्चोक क्षेत्रमा तनावग्रस्त भएपछि जिल्ला प्रशासन कार्यलयले विहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको थियो।

 




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।