मितेरी डेभलपमेन्टकाे लाभांश क्षमता सबैभन्दा धेरै, अन्य विकास बैंककाे कति?

Sep 10, 2020 01:31 PM Merolagani

विकास बैंकहरूकाे अघिल्लाे आर्थिक वर्षको भन्दा गत आर्थिक वर्षमा लाभांश  वितरण गर्ने क्षमतामा कमी आएकाे छ। 

गत आर्थिक वर्षको अन्त्यमा कारोनाले पारेको नकारात्मक प्रभावका कारण विकास बैंकहरुको पनि नाफा खुम्चिएको छ। नाफा खुम्चिएसँगै बैंकहरुले लगानीकर्तालाई बाँड्न सक्ने लाभांश प्रतिशत पनि घटेको छ।

गत आर्थिक वर्षको चौथाे त्रैमासको वित्तीय विवरण अनुसार १४ वटा विकास बैंकले २ अर्ब १९ करोड रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेका छन्। बैंकहरुको गत असार मसान्तमा उठ्नुपर्ने कर्जा उठ्न नसक्दा वितरणयोग्य नाफामा असर गरेको छ।

१४ वटा विकास बैंकले गत आर्थिक वर्षकाे वितरणयाेग्य नाफाबाट अाैषतमा ६ प्रतिशतभन्दा धेरै लाभांश वितरण गर्न सक्ने क्षमता राख्छन्। बैंकहरुले वितरणयोग्य नाफा बाहेक शेयर प्रिमियम, जगेडामा रहेको रकम समेत प्रयोग गरेर लाभांश वितरण गर्न सक्नेछन्। यहाँ बैंकहरुको शेयर प्रिमियमलाई गणना गरिएको छैन। बैंकहरुको शेयर प्रिमियमलाई समेत हिसाब गर्दा लाभांश क्षमता बढ्नेछ। 

गत आर्थिक वर्षको अन्त्यसम्ममा मुक्तिनाथ विकास बैंकको वितरणयोग्य नाफा सबैभन्दा धेरै ४७ करोड ३३ लाख ६३ हजार रुपैयाँ रहेको छ। उक्त बैंकले सो नाफाबाट मात्रै लगानीकर्तालाई १०.९४ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ। यद्यपी, जगेडा काेषकाे रकम हिसाब गर्दा बैंकले साेभन्दा बढी लाभांश वितरण गर्न सक्छ।

(हालसम्म कर्णाली डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रमासको वित्तीय विवरण सावजानिक गरेको छैन्। त्यस्तै ग्रीन डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र सहारा विकास बैंकले अपरिस्कृत वित्तीय विवरणमा वितरणयोग्य नाफा उल्लेख नगरेका कारण यहाँ राखिएको छैन। )

चौथो त्रैमाससम्ममा वित्तीय विवरण अनुसार सिन्धु विकास बैंक र कामना सेवा विकास बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ। 

सूचीकृत विकास बैंकहरूमध्ये सप्तकोशी डेभलपमेन्ट बैंककले लाभांश वितरण क्षमता १ प्रतिशतभन्दा कम छ। यसले गत आर्थिक वर्षमा कमाएको वितरणयोग्य नाफाबाट १.५६ प्रतिशत मात्रै लाभांश वितरण गर्ने क्षमता राख्छ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यतिरबाट भएको लकडाउनका कारण बैंकका ऋणीहरू कर्जा तिर्न नसक्ने अवस्थामा पुगेका छन्। केन्द्रीय बैंकले गत असार मसान्तमा तिर्नुपर्ने कर्जा तिर्ने अवधि लम्ब्याएर प्रभाव कम गर्नका लागि असोज मसान्तसम्म पुर्याएको छ।

बैंकहरुले आगामी असार मसान्तसम्म उठेको ब्याज रकमलाई पनि नाफामा गणना गर्न पाउने छन् भने सो रकमबाट समेत लाभांश वितरण गर्न पाउनेछन्। जसले गर्दा असोज मसान्तसम्म बैंकहरूको लाभांश बाँड्ने क्षमता केही बढ्ने देखिन्छ।

तर कोरोना संक्रमणका कारण मुलुकका धेरै जिल्लाहरु पूर्ण रुपमा लकडाउनको अवस्थामा रहेका कारण असोज मसान्तमा पनि कतिपय ऋणीहरू कजा तिर्न सक्ने अवस्थामा छैनन्। यसले गर्दा असोज मसान्तमा पनि कर्जा नउठ्ने सम्भावना बढेपछि बैंकरहरू चिन्तित देखिन्छन्।

कोरोना भाइरसको कारण उद्योगी व्यवसायी प्रभावित भएपछि त्यसको सिधा असर बैंकहरूमा परेको छ। गत आर्थिक वर्षको चौथो त्रैमासमा नै बैंकहरूको खराब कर्जा बढिसकेको छ भने कोरोना संक्रमण बढ्दै जाँदा ऋण असुलीमा समस्या हुने र खराब कर्जा अझै बढ्ने बैंकरहरू बताउछन्।

अहिले वाणिज्य बैंकहरूमा जस्तै विकास बैंकहरूमा पनि कर्जाको माग न्यून छ। यसले गर्दा बैंकहरूको कोषको लागत समेत बढ्दै गएको अवस्था छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।