काठमाडौ–हेटौडा सुरुङ मार्गका लागि लगानी जुट्यो, तीन क्यानाडेली कम्पनीले २८ अर्ब लगानी गर्ने

Aug 23, 2014 Himal / Mero Lagani

काठमाडौ हेटौडा सुरुङ मार्गको निर्माण कार्यले अब गति लिने संकेत देखिएको छ । योजना निर्माणका लागि नेपाल पूर्वाधार विकास कम्पनीले तीन क्यानाडेली कम्पनीहरुसंग २८ अर्ब रुपैयाँ ऋण लिने सम्झौता भएकाले सुरुङ मार्ग निर्माणले गति लिने आशा पलाएको हो । शनिबार राजधानीमा पुर्वाधार विकास कम्पनी र क्यानाडेली तीन कम्पनीबीच योजनाका लागि २८ करोड रुपैया रकम ऋण प्रदान गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको हो । 
 
 
नेपाल पुर्वाधार विकास कम्पनी लिमिटेडले ठुलै हल्लाखल्ला गरी सुरुङ मार्गको अबधारणा ल्याए पनि लगानी जुटाउन नसक्दा सुरुङ निर्माणको काम अन्योलमा परेको थियो ।  योजना निर्माणमा क्यानडाका ईन्फ्राबांक्स कर्पोरेशन, सेज ग्लोबल क्यानडा र ग्लोबल फाईनान्सियल एशोसियट्स क्यानडाले १५ बर्षे अवधिका लागि ऋण प्रदान गर्ने सहमति पत्रमा जनाईएको छ । सैद्धान्तिक सहमतिपछि अब तीन महिनाभित्र ऋण सम्बन्धि सम्झौता गरिने पुर्वाधार कम्पनीका अध्यक्ष कुशकुमार जोशीले बताउनुभयो । सम्झौता अनुसार १५ वर्षे अवधिको लागि क्यानाडेली तीन कम्पनीहरुले प्रदान गर्ने २८ करोड डलर अर्थात २८ अर्ब रुपैया  ऋणको व्याजदर २ प्रतिशतभन्दा बढि नहुने बताइएको छ । लगानी जुटेपछि अब दशैंपछि नै सुरुङ मार्ग निर्माण कार्य अगाडि बढाइने कम्पनीले जनाएको छ । 
 
नेपाली र गैर आवासीय नेपालीहरुको लगानीमा मात्र राष्ट्रिय गौरवको यो योजना निर्माण गर्ने भनिएकोमा  लगानी जुटाउन नसक्दा आयोजना अलपत्र पर्दै आएको थियो । काठमाडौदेखि हेटौडासम्म सुरुङ मार्ग निर्माण गर्न झण्डै ३६ अर्ब लाग्ने अनुमान गरिएकोमा २८ अर्ब क्यानडाका कम्पनीहरुबाट प्राप्त हुने भएपछि पूर्वाधार विकास कम्पनीका अध्यक्ष जोशी उत्साहित हुनु भएको छ । अरु रकम स्वदेश र गैर आवासीय नेपालीहरुबाट सहजै जुटाउन सकिने उहांको भनाई छ । सम्झौता भएका क्यानाडेली कम्पनीहरु विभिन्न देशमा पुर्वाधार निर्माण र लगानीमा संलग्न रहेका तथा उनीहरुको आर्थिक अबस्था मजबुत रहेको दावी गरिएको छ । तर क्यानडाका तीन कम्पनी मध्ये कस्ले कति लगानी गर्ने र कहिले ऋण रकम आउने भन्ने कुरा स्पष्ट भईसकेको छैन् । 
 
 
पुर्वाधार विकास कम्पनीले लामो समयदेखि गैर आवासीय नेपाली र नेपालीहरुलाई कम्पनीको शेयरमा लगानी गरी सुरुङ मार्ग निर्माणमा योगदान गर्न आब्हान गर्दै आएको थियो । कम्पनीले योजना निर्माणका लागि आबश्यक लगानी जुटाउन सक्नेमा शंका गर्दै धेरैले यस्को शेयर लिन मानेका थिएनन् । कम्पनीले २०७० साल कार्तिक १५ मा २ करोड कित्ता अग्राधिकार शेयर बिक्री गरी लगानी जुटाउने सार्वजनिक सुचना गरेकोमा जम्मा ७२ लाख कित्ताका लागि मात्र आबेदन परेको थियो । अपेक्षा गरे अनुसार शेयर नबिकेपछि कम्पनीले पटक पटक सुचना निकाली लगानीकर्तालाई शेयर किनिदिन आग्रह गरिरहेको छ । 
 
कम्पनीका संचालक र संस्थापक लगानीकर्ताले नै अग्राधिकार शेयर खरिद गर्न नचाहेकाले सर्वसाधारणले पनि खासै रुची देखाएनन् । सिस्नेरीका ५० जना र कुलेखानी क्षेत्रका एक सय जना जत्तिले कम्पनीको शेयर खरिद गरे पनि सुरुङ निर्माणमा भएको ढिलाई र बढ्दो अन्योलले कतिपयले शेयरमा लगानी गरेको रकम फिर्ता माग्न थालिसकेका थिए । कम्पनीले देशभरिका जनता र विदेशमा रहेका गैरआवासीय नेपाली, संघसंस्थालगायतले शेयर खरिद गर्न पाउने  बताएको थियो । अग्रािधकार शेयरमा बार्षिक १० प्रतिशत लाभांशको ग्यारेन्टी गर्दा पनि शेयर बिक्री नहुनको मुख्य कारण आयोजना निर्माणमा उत्पन्न अनिश्चय नै थियो । 
 
 यस योजनामा ग्लोबल आइृएमई बैंक, प्रभु फाईनान्स कम्पनी, जापान मनी एक्सप्रेस र दक्षिण कोरियाको लिंक एशिया कम्पनी लिमिटेड मुख्य साझेदार रहेको बताईएको छ । कम्पनीका मुख्य साझेदारहरुबीचमै लगानी बृद्धि र योजना कार्यान्वयनमा समन्वय नहुँदा सुरुङ निर्माणप्रति शंकाको वातावरण देखिदै आएको छ । 
कम्पनीले गैर आवासीय नेपालीहरुबाट लगानी जुटाउन जापान, युरोप, जर्मनीलगायतका देशमा लगानीकर्ता समन्वय संयोजकहरु तोके पनि   लगानी जुट्न सकेन । जापानका गैरआवासीय नेपाली भवन भट्टले एक अर्ब लगानीको लागि प्रतिबद्धता ब्यक्त गरे पनि त्यो रकम कम्पनीले पाईसकेको छैन् । 
 
 
कम्पनीले यस योजनामा तीन ठाउंमा सुरुङहरु निर्माण हुने बताईएको छ । काठमाडौको चोभारमा ३ सय ९३ मीटर, मकवानपुरको कुलेखानीमा ३ हजार ४ सय २५ र  भैसेमा ९ सय ३५ मीटरका सुरुङहरु हुनेछन् । सुरुङको लम्बाई ४ किलोमीटर ७ सय ५३ मीटर हुने देखाईएको सुरुङ मार्गको दुरी ५८ किलोमीटर हुने परिकल्पना गरिएको छ । काठमाडौको बल्खुबाट ४ लेनको तीब्र गतिमा गाडी चल्ने राजमार्गको मोडलमा यो मार्ग बनाईने कम्पनीको भनाइ छ । सूरुमा जनता, सरकार र निजी क्षेत्र अर्थात फोरपी मोडलमा सुरुङ मार्ग बनाउने परिकल्पना गरिएकोे थियो  ।  ४ बर्ष भित्रमा निर्माण पुरा गरी ३० बर्षसम्म कम्पनीले संचालन गरेर नेपाल सरकारलाई बुट प्रणाली अन्तर्गत हस्तान्तरण गरिने शर्त नेपाल सरकारसंग गरिएको सम्झोतामा उल्लेख छ । 
 
  काठमाडौ हुंदै हेटौडा पुग्न अहिले थानकोट, नौविसे, मुगलिन, नारायाणगढ हुंदै वा नौबिसेबाट पहाड चढेर दामन हुदै बाईरोडको बाटोबाट कम्तिमा ५ घण्टा लामो यात्रा गर्नुपर्छ । अहिले सिस्नेरी, कुलेखानी, भैसै हुदै नयाँ बाटोमा गुड्ने सुमो सेवाले तीन घण्टामा हेटौडा पु¥याउंछन् । सुरुङ मार्ग बनेमा भने फराकिलो बाटो हुने र अग्ला पहाड चढ्नु नपर्ने भएकाले बढीमा एक घण्टामा काठमाडौबाट हेटौडा पुग्न सकिन्छ । यसबाट समय र ईन्धनको बचत हुनुका साथै सुरक्षित यात्रा गर्न सकिने मात्रै हैन् काठमाडौमा जागिर वा ब्यापार ब्यवसाय गरेर हेटौडा बास बस्न जाने आउने गर्न पनि संभव हुनेछ । नारायणगढ पश्चिम जाने यातायातका साधनहरु काठमाडौ आउन अहिले नौविसे, मुगलिन, नारायणगढको राजमार्ग प्रयोग गर्ने गरेका छन् । राम्रो बाटो र छोटो दुरीका कारण पश्चिमतर्फका यातायातहरुले पनि यही मार्ग प्रयोग गर्ने र पृथ्वी राजमार्गमा सवारी चाप कम हुने अपेक्षा गरिएको छ । सुरुङ मार्गबाट चल्ने यातायातका साधनहरुको सडक प्रयोग दस्तुर भने अलि महंगो हुने बताईएको छ । सुरुङ मार्ग बनेमा मकवानपुरको भीमफेदी र भैसै लगायतका ऐतिहासिक बजारहरुमा फेरि चहल पहल बढ्ने आशा स्थानीयबासीको छ । यो मार्गले काठमाडौ बारा फास्ट ट्रयाक बनेमा भने त्योसंग चर्को प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ । 
 
comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।