कोरोना भ्याक्सिनको आशासँगै एशियाली शेयर बजारले लियो सुधारको गति

Sep 14, 2020 11:16 AM Merolagani



कोरोना भाइरस भ्याक्सिनको अपेक्षासँगै एशियाली शेयर बजारले सुधारको गति समाएको छ। विश्वले आशा गरेको एस्ट्राजेनेकाको भ्याक्सिन परीक्षण केही दिन पहिले रोकिएसँगै निराशा बनेका मानिसहरु फेरि भ्याक्सिनको तेस्रो चरणको परीक्षण सुचारु भएसँगै एशियाली शेयर बजारका लगानीकर्ताहरु पनि आशावादी बन्दा यसको सकारात्मक प्रभाव शेयर बजारमा पनि परेको हो । 

सोमबार जापान बाहिरको एशिया–प्यासिफिक शेयरमा ०.७ प्रतिशतको सुधार देखिएको छ । यसैगरी अस्ट्रेलियाको शेयर सूचक ०.६ प्रतिशतले बढेको छ ।

यसदिन जापानको निक्केई२२५ सूचकमा ०.७ प्रतिशतको बढोत्तरी देखिएको छ । यसैगरी चिनीयाँ ब्लू–चिप इन्डेक्स ०.६ प्रतिशतले बढेको छ । 

अमेरिकी शेयर सूचक एसएण्डपी५०० मा एक प्रतिशतभन्दा धेरैको बढोत्तरी देखिएको छ । 

कोरोना महामारीले विश्व अर्थव्यवस्थालाई नै मन्दीको अवस्थामा धकेलेसँगै लाखौँलाख मानिसहरुले आफ्नो रोजगारी गुमाएका छन् भने कयौँ देशको अर्थव्यवस्था नाजुक अवस्थामा पुगिसकेको छ । 

यद्यपी अक्सफोर्ड यूनिभर्सिटी र एस्ट्राजेनेकाले तयार पारिरहेको कोरोना भ्याक्सिनको परीक्षण पुनः सुचारु भएसँगै शेयर बजारमा मात्र नभई विश्वभरका मानिसहरुमा आशाको किरण जागेको छ । यसको प्रत्यक्ष प्रभाव एशियाली शेयर बजारमा पनि देखिएको हो । 




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।