कोरोना महामारीलाई लिएर संयुक्त राष्ट्रसंघको चेतावनीः गरिबी, भोकमरी र संघर्ष बढ्ने

Sep 14, 2020 03:42 PM Merolagani



विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ९० लाख पार भइसकेको छ । ल्याटिन अमेरिकी देशमा महामारीको सबैभन्दा नराम्रो असर परेको छ । यसै बीच संयुक्त राष्ट्रसंघले यस महामारीले भेदभाव र अन्य मानवअधिकार उल्लघंनलाई बढावा दिएको बताएको छ ।  । 

यसैको नतिजा स्वरुप विश्वमा गरिबी, भोकमरी र संघर्ष बढ्ने आशंका रहेको भन्दै संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छसंयुक्त राष्ट्रसंघका राजनीतिक प्रमुख रोजमेरी डिकार्लाे र संयुक्त राष्ट्र मानवतावादी मामलाका प्रमुख मार्क लोककले सुरक्षा परिषदका सामुन्ने महामारीको विश्वव्यापी असरको गम्भीर समस्याका बारेमा बताउदैँ भनेका छन्, विश्वको सबैभन्दा कमजोर देशमा महामारीको अप्रत्यक्ष नतिजा भाइरसको प्रभावभन्दा अधिक हुनसक्नेछ ।

लोककले सुरक्षा परिषदलाई सचेत गराउदै कमजोर देशमा कोभिड–१९ को संकटका कारण आर्थिक रुपमा एवम् स्वास्थ्यमा पर्नसक्ने अप्रत्यक्ष प्रभावका कारण गरिबी बढ्ने, औसत आयु कम हुने, भोकमरी बढ्ने, शिक्षाको स्थिति खराब हुने र अधिक बच्चाहरुको मृत्यु हुने बताएका छन् ।

उनले भने, संक्रमणका करिब एक तिहाई मामला मानवतावादी अर्थात् शरणार्थी संकटको सामना गरिरहेका देशहरु अर्थात् कमजोर देशहरुमा देखिएका छन् । तर यि देशहरु महामारीबाट कति प्रभावित छन् भन्ने कुराको बारेमा हालसम्म कुनै पनि जानकारी छैन । एजेन्सीको सहयोगमा 




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।