जगदम्बा उद्योगमाथि कारवाही,उत्पादन र बिक्रीमा रोक

Sep 15, 2020 02:46 PM rss



सिमरामा सञ्चालित जगदम्बा स्टिल उद्योगले न्यून गुणस्तरको लोहाछड उत्पादन गरेको भेटिएपछि गुणस्तर तथा नापतौल विभागले कारवाही फुकुवा नभएसम्म उत्पादन र बिक्रीमा रोक लगाएको छ । विभागले आफ्नो प्रयोगशालामा जाँच गर्दा जगदम्बाले मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर उत्पादन गरेको छड न्यून गुुणस्तरको फेला परेपछि कारवाही गरेको जनाएको छ ।

बाराको सिमरामा रहेको सो उद्योगले आफ्ना उत्पादन एक नम्बरको भनेर दाबी गरे पनि गुणस्तर कमजोर देखिएको गुणस्तर तथा नापतौल अंचल कार्यालय वीरगञ्जका कर्मचारीको भनाइ छ । उत्पादित लोहाछडमा कैफियत देखिएकाले गुणस्तरको सुनिश्चिता नभएसम्म छडको उत्पादन र बिक्री नगर्न लिखितरुपमा पत्रसमेत पठाइएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए । न्यून गुणस्तर भएको १६ एमएमको टीएमटी बारफी ५०० छड उत्पादनमा रोक लगाइएको उनले जानकारी दिए । विभागका निर्देशक सञ्जीव ठाकुरले उद्योगीको उत्पादन रोक्नका लागि पत्र पठाइएको जानकारी दिए ।

उता उपभोक्ता मञ्च वीरगञ्जका रमेश शाहले उपभोक्तालाई ठगी गरेकाले छानविन गरी अदालतमा मुद्दा दायर गर्नुपर्ने बताए । गुणस्तर तथा नापतौल अञ्चल कार्यालय वीरगञ्जका प्रमुख शशीभूषण यादवले विगत एक वर्षमा मकवानपुर, बारा, पर्सा र रौतहटका दुई दर्जनभन्दा बढी नापतौलमा अनियमितता गर्ने उद्योग र पेट्रालियम पदार्थ बिक्री गर्ने व्यवसायीलाई कारवाही र जरिवाना गर्नुका साथै अदालतमा मुद्दासमेत दायर गरेको जानकारी दिए ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।