पूर्व अर्थमन्त्री डा. खतिवडा प्रधानमन्त्रीका बिशेष आर्थिक सल्लाहकार नियुक्त

Sep 15, 2020 06:51 PM merolagani



पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्रीका बिशेष आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् ।

उनलाई हिजो (सोमबार) बसेको मन्त्री परिषदको बैठकले प्रधानन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकारमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

मन्त्रीपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी सल्लाहकार नियुक्त गरेको सरकार प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । खतिवडाले गत भदौ १९ गते अर्थमन्त्रीबाट राजिनामा दिएका थिए । प्रधानमन्त्री ओलीका विश्वासपात्र खतिवडाले सांसद नभई ६ महिना बढी मन्त्री बन्न नपाउने संवैधानिक व्यवस्थाका कारण राजीनामा दिएका हुन । राष्टियसभामा उनलाई मनोनित नगरी नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई लैजाने निर्णय सोमबार बसेको मन्त्री परिषदले निर्णय गरेको थियाे ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।