पूर्व अर्थमन्त्री डा. खतिवडा प्रधानमन्त्रीका बिशेष आर्थिक सल्लाहकार नियुक्त

Sep 15, 2020 06:51 PM merolagani



पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्रीका बिशेष आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् ।

उनलाई हिजो (सोमबार) बसेको मन्त्री परिषदको बैठकले प्रधानन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकारमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

मन्त्रीपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी सल्लाहकार नियुक्त गरेको सरकार प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । खतिवडाले गत भदौ १९ गते अर्थमन्त्रीबाट राजिनामा दिएका थिए । प्रधानमन्त्री ओलीका विश्वासपात्र खतिवडाले सांसद नभई ६ महिना बढी मन्त्री बन्न नपाउने संवैधानिक व्यवस्थाका कारण राजीनामा दिएका हुन । राष्टियसभामा उनलाई मनोनित नगरी नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई लैजाने निर्णय सोमबार बसेको मन्त्री परिषदले निर्णय गरेको थियाे ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।