ग्लोबल आइएमई समुन्नत योजना १ को बुकक्लोज

Sep 16, 2020 08:36 AM Merolagani



ग्लोबल आइएमई म्युचुअल फण्ड अन्र्तगत सञ्चालित ग्लोबल आइएमई समुन्नत योजना १ (GIMES1) ले लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गर्ने भएको छ।

योजनाले असोज ९ गते एक दिनका लागि इकाईधनी दर्ता पुस्तिका बन्द गर्न लागेको हो। यस अनुसार असोज ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले प्रतिफल प्राप्त गर्न सक्नेछन्।

योजनाले गत आर्थिक वर्षको लागि आफ्ना इकाईधनीहरुलाई ४ प्रतिशत (कर सहित) का दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।