आइतबारदेखि लिबर्टि इनर्जीको दोस्रो बजारमा कारोबार सुरु हुने, शुक्रवार सम्झौता हुँदै

Sep 16, 2020 02:12 PM Merolagani



लिबर्टी इनर्जीले साधारण शेयर कारोबारको लागि शुक्रवार नेपाल स्टक एक्सचेन्ज( नेप्से )मा सम्झौता गर्ने भएको छ।

शुक्रवारको सम्झौता पछि आइतबारबाट शेयर कारोबार सुचारु हुने बताइएको छ। नेप्सेले दोस्रो बजारमा कारोबाररको लागि सिम्बोल प्रदान गरिसकेको छ। लिबर्टीकाे कारोबारको लागि "एलइसि" सिम्बोल हुने छ ।

कम्पनीले भदौ ३ देखि ७ गतेसम्म साधारण शेयर निष्कासन गरेको थियो। निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको साधारण शेयर अघिल्लो सोमबार बाँडफाँड गरेको हो ।

आवेदन दिने सबै लगानीकर्ताले सेयर पाएका थिए। १० कित्ता देखि ३० कित्ताका लागि आवेदन दिने सबैले मागे अनुसारको शेयर पाएका हुन्। ३० कित्ताभन्दा माथि आवेदन दिने २५ हजार ६ सय २० जनाले ४० कित्ता पाएका थिए । सबैलाई ३० कित्तासम्म बाँडफाँट गरेर बाँकी रहेको शेयर गोला प्रथाबाट थप १० कित्ता वितरण गरिएको थियो।

कम्पनीले सर्वसाधारणका लागि ३५ करोड ६४ लाख ९३ हजार रुपैयाँ मूल्यको ३५ लाख ६४ हजार ९ सय ३० कित्ता शेयर निष्कासन गरेको थियो । जसमा १ लाख ८५ हजार ९ सय ७५ जना आवेदकबाट ७१ करोड ६८ लाख ११ हजार रुपैयाँको आवेदन परेको थियो । 




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।