उपभोक्ता बनेर मन्त्री भट्ट आफै कालीमाटी पुगे,प्याजमा कालो बजारी गर्ने चार व्यवसायी समातिए

Sep 16, 2020 03:47 PM Merolagani



प्याजको कालो बजारी गरेको आरोपमा चारजना व्यवसायीलाई सरकारले नियन्त्रणमा लिएको छ। बुधवार बिहानै गएको अनुगमन टोलीले ती व्यवसायीलाई नियन्त्रणमा लिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले जानकारी दिए।

उनका अनुसार बुधवार बिहानै बाणिज्य विभागको टोली कालीमाटी बजारमा अनुगमनको लागि पुगेको थियो। अनुगमन टोलीको नेतृत्व उद्योग तथा आपूर्ति मन्त्री लेखराज भट्ट आँफैले गरेका थिए। उनी ग्राहकको रुपमा बजारमा मालसामान खरिद गर्न बजार भित्रिएका थिए। उनले विभिन्न पसलबाट आलु र प्याज खरिद गरेका थिए। उनले खरिद सकेपछि मूल्यमा निकै ठुलो अन्तर पाएपछि तत्काल कारबाही प्रक्रिया अघि बढाएका थिए।

मन्त्री भट्टको निर्देशनमा प्रहरी प्रशासनले चार जना आलु प्याज व्यवसायीलाई नियन्त्रणमा लिएको छ। मंगलबार पनि अनुगमन टोलीले कालीमाटीमा अनुगमन गरेको थियो। मंगलबार छ जनालाई पत्र थमाइएको थियो । पत्र पाएकाहरू बुधवार बयानका लागि उपस्थित भएका छन्।

केही दिनदेखि मुलुकले प्याज अभाव खेप्दै आएको छ। भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि उपभोक्ताले प्याज अभाव खेप्दै आएका छन्। यही अभावको मौका छोप्दै व्यवसायीले कालो बजारी गरेको गुनासो बढे पछि मन्त्री आफै अनुगमनमा निस्किएका थिए।    




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।