गत साता करिब साढे ३ प्रतिशत बढेको बजार यस साता के होला?

Sep 20, 2020 08:01 AM Merolagani



गत साता नेप्से परिसूचक ३.३९ प्रतिशत बढेर बन्द भयो। नेप्सेसँगै गत साता कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको थियो।

गत साता नेप्से ५१.४९ अंक बढेर १५७२.१९ विन्दुमा पुगेको थियो। त्यसे अनुसार नेप्सेले यस साता १६४० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। यस अघि पनि बजार सोही विन्दुमा प्रतिरोधको सामना गरेर ओरालो लागेको चार्टबाट हामी देख्न सक्छौँ। प्राविधिक विश्लेषकहरुले यसलाई बलियो प्रतिरोधको रुपमा हेरिरहेका छन्। त्यसैगरी, यस साता बजार ओरालो लागेमा भने १४८० विन्दुमा टेवा पाउने देखिन्छ। गत साता नेप्सेले सोही विन्दुमा टेवा पाएर उकालो लागेको थियो।

पछिल्लो समय नयाँ तथा पुराना लगानीकर्ताहरुलाई शेयर बजारको बुलले आकर्षित गरिरहेको छ। बैंकहरुको ब्याजदरमा आएको कमी र अन्य लगानीका क्षेत्रमा खासै आकर्षण नदेखिएकोले पछिल्लो समय लगानीकर्ताहरु शेयरबजारमा प्रवेश गर्न थालेको जानकारहरु बताउँछन्।

नेप्सेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भइरहेको हामी तलको चार्टबाट देख्न सक्छौँ। गत साता दैनिक औषतमा २ अर्ब ८५ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। अघिल्लो साता दैनिक औषतमा २ अर्ब ३० करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो। त्यसैगरी, पछिल्लो २० दिनको औषत कारोबार रकम २ अर्ब ३९ करोड रुपैयाँ रहेको छ।

फियर एण्ड ग्रीड मिटरमा नेप्से अहिले ग्रीड जोनबाट एक्सट्रीम ग्रीड जोनमा प्रवेश गर्न लागेको देखिन्छ। यसले लगानीकर्ताहरु बजार अझ बढ्ने अपेक्षामा कारोबार गरिरहेको संकेत गर्दछ। यद्यपि, अहिले शेयर खरिदबिक्री गर्दा केही सचेत हुनुपर्ने मिटरले संकेत गरेको छ।

हाइड्रोपावर उपसमूह

गत साता उच्च दरमा बढेको उपसमूह होटल र हाइड्रोपावर हुन्। हाइड्रोपावरको परिसूचक गत साता १६.९५ प्रतिशत बढेर १२९०.०५ विन्दुमा पुगेको छ। यस साता यस उपसमूहको परिसूचक उकालो लागेमा १३६० विन्दु वरिपरि प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १२०० विन्दुमा टेवा पाउने देखिन्छ।




अब १० रुपैयाँ मूल्यमा पनि आइपीओ

Jun 23, 2026 04:14 PM

बाबुकृष्ण महर्जन

सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ।