गत साता करिब साढे ३ प्रतिशत बढेको बजार यस साता के होला?

Sep 20, 2020 08:01 AM Merolagani



गत साता नेप्से परिसूचक ३.३९ प्रतिशत बढेर बन्द भयो। नेप्सेसँगै गत साता कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको थियो।

गत साता नेप्से ५१.४९ अंक बढेर १५७२.१९ विन्दुमा पुगेको थियो। त्यसे अनुसार नेप्सेले यस साता १६४० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। यस अघि पनि बजार सोही विन्दुमा प्रतिरोधको सामना गरेर ओरालो लागेको चार्टबाट हामी देख्न सक्छौँ। प्राविधिक विश्लेषकहरुले यसलाई बलियो प्रतिरोधको रुपमा हेरिरहेका छन्। त्यसैगरी, यस साता बजार ओरालो लागेमा भने १४८० विन्दुमा टेवा पाउने देखिन्छ। गत साता नेप्सेले सोही विन्दुमा टेवा पाएर उकालो लागेको थियो।

पछिल्लो समय नयाँ तथा पुराना लगानीकर्ताहरुलाई शेयर बजारको बुलले आकर्षित गरिरहेको छ। बैंकहरुको ब्याजदरमा आएको कमी र अन्य लगानीका क्षेत्रमा खासै आकर्षण नदेखिएकोले पछिल्लो समय लगानीकर्ताहरु शेयरबजारमा प्रवेश गर्न थालेको जानकारहरु बताउँछन्।

नेप्सेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भइरहेको हामी तलको चार्टबाट देख्न सक्छौँ। गत साता दैनिक औषतमा २ अर्ब ८५ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। अघिल्लो साता दैनिक औषतमा २ अर्ब ३० करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो। त्यसैगरी, पछिल्लो २० दिनको औषत कारोबार रकम २ अर्ब ३९ करोड रुपैयाँ रहेको छ।

फियर एण्ड ग्रीड मिटरमा नेप्से अहिले ग्रीड जोनबाट एक्सट्रीम ग्रीड जोनमा प्रवेश गर्न लागेको देखिन्छ। यसले लगानीकर्ताहरु बजार अझ बढ्ने अपेक्षामा कारोबार गरिरहेको संकेत गर्दछ। यद्यपि, अहिले शेयर खरिदबिक्री गर्दा केही सचेत हुनुपर्ने मिटरले संकेत गरेको छ।

हाइड्रोपावर उपसमूह

गत साता उच्च दरमा बढेको उपसमूह होटल र हाइड्रोपावर हुन्। हाइड्रोपावरको परिसूचक गत साता १६.९५ प्रतिशत बढेर १२९०.०५ विन्दुमा पुगेको छ। यस साता यस उपसमूहको परिसूचक उकालो लागेमा १३६० विन्दु वरिपरि प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १२०० विन्दुमा टेवा पाउने देखिन्छ।




१० सेकेण्डमै सकिएकाे अनौठो पत्रकार सम्मेलन

Oct 28, 2025 12:34 PM

नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो ।