Wed, Dec 03, 2025
साताको पहिलो कारोबार दिन बजार खुलेको १५ मिनेटमा नै ९ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।
साे अवधिसम्ममा सकारात्मक सर्किट लाग्नेमा २ जलविद्युत, ४ फाइनान्स कम्पनी, २ विकास बैंक, १ इन्स्योरेन्स कम्पनी र १ वाणिज्य बैंक रहेका छन्।
मंसिर १२ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा कृषि विकास बैंकको ३.२५ प्रतिशत, बरुण हाइड्रोपावरको ४.७५ प्रतिशत र सर्वोत्तम सिमेन्टको ५ प्रतिशत, ङादी ग्रुप पावरको ५ प्रतिशत र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३ प्रतिशत बोनस शेयर समायोजन भएको हो।