अख्तियार लाग्ने डरले कमर्चारी जान नमान्ने कम्पनी रजिष्ट्रार कार्यालयमा एकैपटक १० कर्मचारी थपिए

Sep 20, 2020 04:21 PM Merolagani



घुस खोर अड्डाका रुपमा बदनाम भएको कम्पनी रजिष्ट्रार कार्यालय,अख्तियारको नजरमा परेपछि लामो समयदेखि कार्यालयमा महत्वपूर्ण फाँट हेर्ने कर्मचारी थिएनन। तर अहिले बिस्तारै  कर्मचारीहरूकाे पदपूर्ति हुन थालेकाे छ ।

कार्यालयबाट छिटो छिटो सरुवा भएर जाने तर ती कर्मचारीको ठाउँमा नयाँ कर्मचारी नअाउँदा  कार्यालयको काम समेत प्रभावित हुने गरेको थियो।

कर्मचारीको चरम अभाव झेल्दै आएको कार्यालयमा पछिल्लो समय एकै पटक १० जना कर्मचारी थपिएका छन्। उद्योग मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयको समन्वयमा ती कर्मचारीलाई कार्यालय पठाइएको बताइएको छ। कार्यालयले सबै काम कम्प्युटरबाट गर्न थालेको र कार्यालयमा सेवाग्राहीले उपस्थित नै हुन नपर्ने गरी डिजिटलाइज गरिएको कारण कर्मचारी कार्यालयमा आउन थालेको बताइएको छ।

कर्मचारी आएपछि कार्यालयले थप सेवा प्रवाह गर्ने जनाएको छ। बिचौलियारहित सेवा दिने अभियानमा यति बेला कार्यालयले काम गरिरहेको बताइएको छ। 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।