हाइड्रोबाट प्रोफिट बुक गरेर बाहिरिदै लगानीकर्ता

Sep 20, 2020 01:54 PM Merolagani



हाइड्रोपावर उपसमूहबाट लगानीकर्ताहरु बाहिरिन थालेका छन्। केहि दिन अघि निरन्तर बढेको यस उपसमूहबाट प्रोफिट बुक गर्दै लगानीकर्ताहरु बाहिरिन थालेका हुन्।

शेयर बजारमा आएको सुधारसंगै हाइड्रोपावरको सूचक पनि निरन्तर बढ्दै आईरहेको थियो। गत साता मात्रै यस उपसमूहकाे परिसूचक किरब १७ प्रतिशत बढेकाे थियाे। तर, यस साताकाे पहिलाे काराेबार दिन अर्थात आज यस उपसमूहकाे परिसूचक ओरालाे लागेकाे छ। उच्च दरमा बढेकाे हाइड्रोपावरबाट लगानीकर्ताहरुले प्रोफिट बुक गरेपछि यसको सूचक घट्न थालेको हो।

आज आइतबार (समाचार तयार पार्दासम्म) हाइड्रोपावरको सूचक ४.५९ प्रतिशत अर्थात ५९.२४ अंकले घटेको छ। हाइड्रोबाट प्रोफिट बुक गरेर लगानीकर्ता बाहिरिन थालेपछि सूचक ओरालो लागेको हो।




कुमारी बैंकको लाभांश घोषणा

Sep 16, 2026 10:14 AM

कुमारी बैंक लिमिटेड (KBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।