महालक्ष्मी विकास बैंकका ऋणीहरुलाई व्याज रकममा १०% छुट

Sep 23, 2020 07:04 AM Merolagani

महालक्ष्मी विकास बैंकले (MLBL) कोरोना भाइरसका कारणले उत्पन्न असहज परिस्थितिमा यस बैंकबाट कर्जा सुविधा लिएका ग्राहकहरुलाई राहत पु¥याउने उद्देश्यले ऋणीहरुले असोज मसान्त भित्र तिनुपर्ने व्याज भुक्तानी गरेमा भुक्तानी भएको व्याज रकममा १०% छुट प्रदान गर्ने निर्णय गरेको छ ।

ग्राहकहरुले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता/ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर गर्दै बैंकले केही कर्जाहरुमा व्याजदर समेत घटाएको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३४ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या करिब ५ लाख भन्दा बढी रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।