सरकारले कोरोना संक्रमितको उपचारमा संलग्नहरुको २५ लाख रुपैयाँको बीमा गर्ने

Sep 23, 2020 08:30 PM Merolagani



सरकारले कोरोना संक्रमितको उपचारमा संलग्नहरुको बीमा गर्ने भएको छ । मन्त्रिपरिषद्को अशोज १ गतेको बैठकले कोरोना संक्रमितको उपचारमा संलग्न व्यक्तिहरुको २५ लाख रुपैयाँ बराबरको निशुल्क बीमा गर्ने निर्णय गरेको छ ।

संक्रमितको उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्य प्रविधिक, महिला स्वास्थ्य स्वयंमसेविका, सरसफाइ कर्मचारी, शव व्यवस्थापनमा संलग्न जनशक्ति, एम्बुलेन्स चालक र प्रत्यक्ष संलग्न हुने सुरक्षाकर्मी र कर्मचारीको निशुल्क बीमा क्षतिपूर्ति दिने मन्त्रिपरिषदले निर्णय गरेको सरकारका प्रवक्ता तथा परराष्ट मन्त्री प्रदिप ज्ञवालीले जानकारी गराएका हुन् ।

यो सुविधा साउन १ गतेदेखि सुरु भएको छ भने कोभिड महामारीको अन्त्य नभएसम्म लागू हुनेछ ।

 




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।