सरकारले कोरोना संक्रमितको उपचारमा संलग्नहरुको २५ लाख रुपैयाँको बीमा गर्ने

Sep 23, 2020 08:30 PM Merolagani



सरकारले कोरोना संक्रमितको उपचारमा संलग्नहरुको बीमा गर्ने भएको छ । मन्त्रिपरिषद्को अशोज १ गतेको बैठकले कोरोना संक्रमितको उपचारमा संलग्न व्यक्तिहरुको २५ लाख रुपैयाँ बराबरको निशुल्क बीमा गर्ने निर्णय गरेको छ ।

संक्रमितको उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्य प्रविधिक, महिला स्वास्थ्य स्वयंमसेविका, सरसफाइ कर्मचारी, शव व्यवस्थापनमा संलग्न जनशक्ति, एम्बुलेन्स चालक र प्रत्यक्ष संलग्न हुने सुरक्षाकर्मी र कर्मचारीको निशुल्क बीमा क्षतिपूर्ति दिने मन्त्रिपरिषदले निर्णय गरेको सरकारका प्रवक्ता तथा परराष्ट मन्त्री प्रदिप ज्ञवालीले जानकारी गराएका हुन् ।

यो सुविधा साउन १ गतेदेखि सुरु भएको छ भने कोभिड महामारीको अन्त्य नभएसम्म लागू हुनेछ ।

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।