सिन्धुपाल्चोक र बाग्लुङ विपत संकटग्रस्त क्षेत्र घोषणा, ६ अर्ब लगानी गरेर पुर्ननिमार्णको काम गर्ने

Sep 23, 2020 08:31 PM Merolagani



सरकारले बाढी पहिरोले क्षतिग्रस्त सिन्धुपाल्चोक र बाग्लुङलाई विपत संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषदको हिजो मंगलबार बसेको बैठकले संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

सरकारले विश्व बैंकबाट प्राप्त हुने करिब ६ अर्ब रुपैयाँ लगानी गरेर त्यस क्षेत्रमा पुनर्निर्माणको काम गर्ने समेत निर्णय गरेको छ । यसको जिम्मा विपत व्यवस्थापन प्राधिकरणलाई दिने सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

 

 

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।