१०.४० प्रतिशत लाभांश पारित गर्न माछापुच्छ्रेले डाक्यो साधारण सभा

Oct 01, 2020 07:36 AM Merolagani



माछापुच्छ्रे बैंक लिमिटेड (MBL) ले १०.४० प्रतिशत लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ। बैंकले कात्तिक ६ गते, बिहीबार बाइसौँ साधारण सभा डाकेको हो। सो सभा होटल पोखरा ग्राण्ड, पार्दि, पोखरामा बिहान ११ बजे शुरु हुनेछ।

सभाले बैंकको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम शेयरधनीहरुलाई चुक्ता पूँजीको ७.०३ प्रतिशत अर्थात ५९ करोड ४६ लाख १६ हजार ९३१ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, ३.७३ प्रतिशतका दरले बोनस तथा नगद लाभांशमा लाग्ने कर सहित २८ करोड ५० लाख ६४ हजार ७४४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिसन गर्न तथा बैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त बैंक देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको नियुक्त गर्ने प्रस्ताव पनि रहेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज २२ गते शेयर दाखिल खारेजको दर्ता बन्द गर्ने भएको छ। यस अनुसार असोज २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्न तथा सभामा सहभागि हुन पाउनेछन्।

भिडियो कन्फ्रेन्स मार्फत उपस्थित हुने शेयरधनीहरुलाई मिटिङ्ग आईडि र पासकोड उपलब्ध गराइने बैंकले बताएको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।