स्पेशल प्रि ओपन सेसनमा जनरल इन्स्योरेन्सको कतिमा भयो पहिलो कारोबार?

Oct 14, 2020 10:57 AM Merolagani



असोज २८ गते, बुधबार स्पेशल प्रि ओपन सेसनमा जनरल इन्स्योरेन्स (GIC) को पहिलो कारोबार भएको छ।

यस दिनको सो सेसनमा इन्स्योरेन्सको ३०५ रुपैयाँमा पहिलो कारोबार भएको हो। इन्स्योरेन्सको शेयर असोज २६ गते, सोमबार नेप्सेमा सूचीकृत भएको थियो।

असोज २७ गतेदेखि कारोबार गर्न सकिने भएपनि सो दिनको स्पेशल प्रि ओपन सेसनमा इन्स्योरेन्सको कारोबार नभएपछि पहिलो कारोबार आज सरेको हो। स्पेशल प्रि ओपन सेसनमा पहिलो कारोबार नभइ नियमित सेसनमा कारोबार गर्न नमिल्ने व्यवस्था रहेको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।