स्पेशल प्रि ओपन सेसनमा जनरल इन्स्योरेन्सको कतिमा भयो पहिलो कारोबार?

Oct 14, 2020 10:57 AM Merolagani



असोज २८ गते, बुधबार स्पेशल प्रि ओपन सेसनमा जनरल इन्स्योरेन्स (GIC) को पहिलो कारोबार भएको छ।

यस दिनको सो सेसनमा इन्स्योरेन्सको ३०५ रुपैयाँमा पहिलो कारोबार भएको हो। इन्स्योरेन्सको शेयर असोज २६ गते, सोमबार नेप्सेमा सूचीकृत भएको थियो।

असोज २७ गतेदेखि कारोबार गर्न सकिने भएपनि सो दिनको स्पेशल प्रि ओपन सेसनमा इन्स्योरेन्सको कारोबार नभएपछि पहिलो कारोबार आज सरेको हो। स्पेशल प्रि ओपन सेसनमा पहिलो कारोबार नभइ नियमित सेसनमा कारोबार गर्न नमिल्ने व्यवस्था रहेको छ।