शेयर बजार ऐतिहासिक रेकर्डमा पुग्दा पाैडेल नै थिए अर्थमन्त्री, नेप्से सूचक र पाैडेलवीचकाे सम्वन्ध यस्ताे थियाे

Oct 15, 2020 07:04 AM merolagani

सुवास निरौला

नेपालको ३३ औ अर्थमन्त्रीका रुपमा विष्णु पौडेल नियुक्त भएका छन्। उनी नेपालको अर्थ मन्त्रीको रुपमा दोस्रो पटक नियुक्त भएका हुन्।यस अघि उनी नेपालको २९ औ अर्थमन्त्रीको रुपमा नियुक्त भएका थिए। 

पहिलो पटक उनी केपी सर्मा ओली प्रधानमन्त्री भएकै बेलामा अर्थमन्त्री भएका थिए। प्रधान मन्त्रीको रुपमा केपी ओलीले राज्यको बागडोर समाल्दै गर्दा पौडेललाई पहिलो पटक राज्यको ढुकुटी हेर्ने जिम्मा मिलेको थियो। उनी १९ कार्तिक २०७२ मा पहिलो पटक नेपालको अर्थमन्त्रीमा नियुक्त भएका थिए।

त्याे बेला अर्थमन्त्रीमा उनको पहिलो अनुभव रहेको भएपनि त्यस अघि उनी चार पटक मन्त्री भने बनिसकेका थिए। उनी पहिलो पटक फगत ३७ कर्षको उमेरमा युवा तथा खेलकुद मन्त्री भएका थिए। २९ फागुन २०५३ सालमा उनी पहिलोपटक मन्त्री भएका हुन्। लोकेन्द्र बाहादुर चन्द प्रधानमन्त्री रहँदा उनको मन्त्री पदको यात्रा प्रारम्भ भएको हो। यसपाली उनी पाँचौँ पटक मन्त्री भएका हुन्। अर्थ मन्त्रीमा भने उनको दोस्रो इन्निङ हो।

प्रधान मन्त्रीको रुपमा केपी शर्मा ओली र अर्थ मन्त्रीका रुपमा विष्णु पौडेलको यो दोस्रो इन्निङ हो। नेपाली राजनैतिक इतिहासमा दुवैको पहिलो र दोस्रो इन्निङ निकै सङ्घर्षपूर्ण रहेको देखिन्छ। किनकि मुलुक कठिन मोडमा पुगेको बेलामा प्रमुख जिम्मेवारी उनीहरूको काँधमा रहेको छ।

२०७२ को विनाशकारी भूकम्प र नाकाबन्दीले मुलुकको आर्थिक अवस्था जर्जर अवस्थामा पुर्‍याएको अवस्थामा उनीहरू नेतृत्वमा थिए भने कोरोनाले थिलथिलो बनाउँदै लगेको यो अवस्थामा पुन: उनीहरूले नै सम्हाल्ने अवस्थामा अाएका छन् ।

यस अघिको अवस्था पनि कठीन थियाे र अहिलेको अवस्था त्यो भन्दा पनि कठिन छ। भूकम्पकाे बेला समस्याको समाधान खोज्ने समय र निश्चित अवधि तोक्ने अवस्था थियो भने यो पटक कुनै बिकल्प देखिँदैन। बिकल्प बिनाको मार्गमा आफैले तय गर्ने बाटाहरूले नै सही गन्तव्य पछ्याउनु पर्ने बाध्यता छ। 

दुबैका लागि यो अवसर पनि हो र चुनौती पनि। यो अबसरलाइ सदुपयोग गर्दै सही निर्णयका साथ नेपाली जनता र मुलुकको अर्थतन्त्रलाई सही गन्तव्यसम्म पुर्‍याउन इतिहासले दुबैलाई बिर्सने छैन। तर यति बेला गरिएका निर्णयले सही गन्तव्य पहिल्याउन नसके इतिहासले माफी पनि दिने छैन। 

पाैडेललाइ बिगतमा नेप्सेकाे प्रतिकृया

तर शेयर बजारको लागि भने अर्थमन्त्रीका रुपमा विष्णु पौडेल फापेकाे नाम हो। यस अघि शेयर बजारले ऐतिहासिक अंकको रेकर्ड कायम गर्दा यी नै विष्णु पौडेल अर्थ मन्त्रीका रुपमा आसीन थिए। यस अर्थमा शेयर बजारले सबैभन्दा बढी मन पराएको अर्थ मन्त्रीका रूपम  बिष्णु पाैडेल हुन भन्न सकिन्छ। २०७३ साल साउन १२ गते शेयर बजारले हाल सम्मकै सर्वाधिक अंकको रेकर्ड बनाएको हो। त्यस दिन नेप्से सूचक १८८१.४५ अंकमा पुगेको थियो।

उनको कार्यकालमा अन्य अर्थ मन्त्रीको तुलनामा सबैभन्दा बढी नेप्से सूचक बढेको रेकर्ड पनि छ। उनी अघिल्लो पटक अर्थ मन्त्री हुँदा नेप्से सूचक ७५३.११ अंक बढेको थियो। त्यस बेला पनि मुलुकको आर्थिक अवस्था अप्ठ्यारो स्थितिमा थियो। तुलनात्मक रुपमा यति बेला अवस्था झन् जटिल छ। शेयर बजारले कस्तो प्रतिक्रिया देला आजको पहिलो कारोबारले बताउला।

स्मरणीय कुरा के छ भने अघिल्लो पटक उनी अर्थमन्त्री भएको दिन र उनी बिदा भएको दिन सूचक घटेको थियो। यस अघि उनी १९ कार्तिकमा अर्थ मन्त्री भएका थिए। त्यस दिन नेप्से सूचक अघिल्लो दिनको तुलनामा १.६२ अंक घटेर १०९०.६८ अंकमा ओर्लिएको थियो। पहिलो दिन नकारात्मक प्रतिक्रिया दिएको नेप्सेले उनी अर्थ मन्त्री भएकै साताबाट सूचक भने बढ्दो क्रममा अघि बढेको थियो। उनी अर्थ मन्त्री भएकै साता नेप्से २.३८ अंक बढेको थियो। त्यस पछि लगातार नयाँ उचाइ तर्फ बढेको नेप्सेले २०७३ साउन १२ मा नयाँ रेकर्ड नैं कायम गर्‍यो।

नयाँ नयाँ रेकर्ड चुम्दै अघि बढेको नेप्से उनी बाहिरिने हल्ला सँगै ओर्लन सुरु गरेको थियो। करिब १० महिना पछि १७ साउन २०७३ मा अर्थ मन्त्रीबाट बिदा हुँदै गर्दा नेप्सेले त्यस दिन पनि नकारात्मक प्रतिक्रिया दिएको थियो। उनी बिदा भएको दिन सूचक १७.३५ अंकले घटेको थियो। उनी बिदा भएको दिन सूचक १८४५.४१ अंकमा झरेको थियो। जबकि अघिल्लो दिन सूचक १८६२.७६ अंकमा रहेको थियो।

त्यति बेला र यति बेलाको स्थिति उस्तै उस्तै छ। पहिले भन्दा थप जटिल स्थिति अहिले छ। यति बेला नेप्से सूचक १५६१.१७ अंकमा झरेको छ।अघिल्लो पटक झैँ यस पटक पनि उनी अर्थ मन्त्री नियुक्त भएको दिन सूचकले नकारात्मक प्रतिक्रिया दिएको छ। बुधवार सूचक ७.४२ अंकले घटेको छ।

यति बेला शेयर बजारमा गर्नु पर्ने धेरै सुधार भइसकेको अवस्था छ। शेयर बजारले केबल अर्थमन्त्रीको आड बल मात्रै खोजिरहेको छ। उनले बजारलाई कुन रुपमा लिन्छन् र लैजान्छन् त्यही आधारले बजारले आफ्नो बाटो तय गर्ने देखिन्छ। तर अर्थ मन्त्रीले शेयर बजार मात्रै नभएर समग्र मुलुककै अर्थ व्यवस्थालाई सही गन्तव्यमा पुर्‍याउनु पर्ने छ। शेयर बजार मात्रै उँभो लाग्ने तर अर्थ तन्त्र भने सुध्रिएन भने पुन: उनी शेयर बजारका लागि हिरो हुने छन् तर मुलुकको लागि भने जिरो ठहरिने छन्। 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।