बिहीबार सुनको मूल्य स्थिर, चाँदीको भाउ भने घट्यो

Oct 15, 2020 11:18 AM Merolagani



असोज २९ गते, बिहीबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो। 

अघिल्लो दिन बुधबार सुन यसै मूल्यमा खरिदबिक्री भइरहेको छ ।

चाँदीको भाउ भने बिहीबार सामान्य घटेको छ । यसदिन चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार २०० रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार २०५ रुपैयाा तोकिएको थियो ।

अन्तरराष्ट्रिय बजारमा बिहीबार सुनको मूल्य प्रति अउन्स एक हजार ९०० डलरमा कारोबार भइरहेको छ । सोमबार यता सो बजारमा सुन प्रति अउन्स ३० डलर बराबरले घटेको छ । चाँदीको मूल्य भने प्रति अउन्स २४ डलरको हाराहारीमा रहेको छ ।

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।