बिहीबार सुनको मूल्य स्थिर, चाँदीको भाउ भने घट्यो

Oct 15, 2020 11:18 AM Merolagani



असोज २९ गते, बिहीबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो। 

अघिल्लो दिन बुधबार सुन यसै मूल्यमा खरिदबिक्री भइरहेको छ ।

चाँदीको भाउ भने बिहीबार सामान्य घटेको छ । यसदिन चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार २०० रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार २०५ रुपैयाा तोकिएको थियो ।

अन्तरराष्ट्रिय बजारमा बिहीबार सुनको मूल्य प्रति अउन्स एक हजार ९०० डलरमा कारोबार भइरहेको छ । सोमबार यता सो बजारमा सुन प्रति अउन्स ३० डलर बराबरले घटेको छ । चाँदीको मूल्य भने प्रति अउन्स २४ डलरको हाराहारीमा रहेको छ ।

 




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।