विश्व बैंकद्धारा १२ अर्ब डलर सहायता, भ्याक्सिन निर्माण र कोरोनाको उपचारका लागि प्रयोग गरिने

Oct 15, 2020 01:06 PM Merolagani



विश्व बैंक कोरोनाको नियन्त्रणमा विकासशील देशहरुलाई ठूलो आर्थिक सहायता प्रदान गर्नका लागि अगाडि आएको छ । विश्व बैंकले त्यस्ता देशहरुलाई सहायता स्वरुप १२ अर्ब डलर दिन स्वीकृती प्रदान गरेको छ । 

विश्व बैंकद्धारा प्रदान उक्त रकम भ्याक्सिन खरिद गर्न, तयार गर्न र कोरोना संक्रमितको उपचारका लागि प्रयोग गरिनेछ ।

विश्व बैंकका कार्यकारी निर्देशकहरुको बोर्ड मिटिङमा यस बारेमा निर्णय गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यसका साथै विश्व बैंकले एकसय करोड मानिसहरुलाई भ्याक्सिन लगाउने अभियानलाई समर्थन गर्ने घोषणा पनि गरेको छ ।

विश्व बैंकका अध्यक्ष डेभिड मलपासका अनुसार, यो फाइनान्सियल कार्यक्रम विश्वका अति आवश्यक देशलाई सहायता प्रदान गर्नका लागि सुरु गरिएको हो । जुन देशसँग कोरोनाबाट बच्नका लागि कम सुविधाहरु उपलब्ध छन्, त्यहाँ भाइरसलाई फैलनबाट रोक्नका लागि यो सहयोगी साबित हुनेछ ।

यसैगरी यसबाट गरिब देशहरुलाई मेडिकल उपकरणहरु खरिद गर्न र स्वास्थ्य सुविधाहरुमा सुधार गर्नका लागि पनि सहायता मिल्नेछ । उनीहरुलाई विशेषज्ञहरुको सल्लाह प्रदान गरिने र नीति गर्नका लागि पनि सहायता प्रदान गरिने मलपासले बताए ।

उनले भने, कोरोनाबाट बच्नका लागि सबै देशहरु समक्ष सर्वसुलभ र प्रभावकारी भ्याक्सिन पुर्याउन जरुरी छ । यसको वितरण प्रणाली बलियो हुनुपर्छ । विश्वका कयौँ देशको अर्थव्यवस्था महामारीका कारण प्रभावित भएको छ । एजेन्सीको सहयोगमा 




५ कम्पनीको शेयरमूल्य समायोजन

Nov 28, 2025 06:34 AM

मंसिर १२ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा कृषि विकास बैंकको ३.२५ प्रतिशत, बरुण हाइड्रोपावरको ४.७५ प्रतिशत र सर्वोत्तम सिमेन्टको ५ प्रतिशत, ङादी ग्रुप पावरको ५ प्रतिशत र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३ प्रतिशत बोनस शेयर समायोजन भएको हो।