नव नियुक्त अर्थमन्त्रीबाट पूँजी बजारकाे बिकासमा थप सहयाेग हुने बाेर्डकाे बिश्वास

Oct 16, 2020 12:15 PM merolagani



नयाँ अर्थमन्त्रीबाट पूँजी बजारलाई थप सहयोग पुग्ने अपेक्षा धिताेपत्र बोर्डले गरेको छ। उहाँकै पालामा बजारले ऐतिहासिक अंक छोएको स्मरण गर्दै बोर्डले नवनियुक्त अर्थ मन्त्रीको पालामा थप बजारको विकासमा सहयोग पुग्ने बताएको छ।

“पूँजीबजारकोलागि उहाँ सकारात्मक मानिस हो। उहाँकै पालामा बजारले ऐतिहासिक रेकर्ड कायम गरेको हो। त्यसले गर्दा बजारलाई उहाँको आगमनले थप विकास तर्फ लैजाने अपेक्षा गरिएको छ” बाेर्ड अध्यक्ष भीष्मराज  ढुङ्गानाले भने।

अर्थमन्त्री भएलगत्तै पाैडेलले तीनवटै नियामक निकायलाई आर्थिक र सामाजिक विकासमा लाग्न निर्देशन दिएका छन्। बिहीबार अर्थ मन्त्रालयमा भएको स्वागत कार्यक्रममा नवनियुक्त अर्थ मन्त्रीले उक्त निर्देशन दिएका हुन्।

पौडेलले देश जटिल समय रहेको स्पष्ट पार्दै सम्भावना भने अझै कायम रहेको बताएका थिए।  “देश जटिल समय छ।तर सबै क्षेत्रहरू खराब छैनन्। त्यसले गर्दा सबैले आर्थिक सामाजिक विकासमा लाग्नु पर्छ” पौडेलले भने।

मन्त्रालयले आयोजना गरेको कार्यक्रममा नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गाना, बिमा समितिका अध्यक्ष चिरिन्जिबी चापागाईँ र मन्त्रालयका सचिव, सहसचिवहरुको उपस्थिति रहेको थियो।

 

 




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।