बैंकलाई किस्ता र ब्याज तिर्ने आज अन्तिम दिन, व्यवसायीलाई भ्याइ नभ्याइ

Oct 16, 2020 12:19 PM merolagani



व्यवसायीलाई आज बैंकबाट लिएको ऋणको किस्ता र ब्याज तिर्न भ्याइ नभ्याइ छ ।

व्यवसायीले बैंकबाट लिएको ऋणको किस्ता र ब्याज चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात असोजमसान्त भित्र (आज) सम्म तिर्नु पर्ने भएकाले भ्याइ नभ्याइ भएको हो ।

बैंकहरुले असोजको आधा आधी महिनादेखि नै ऋणको किस्ता र ब्याज बुझाउन दवाव दिएपछि व्यवसायीहरु तनावमा थिए । बैंक तथा वित्तीय संस्थाले पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्ने तयारीमा रहेकाले पनि असोज मसान्त भित्र (आज) सम्म ऋणको किस्ता र ब्याज बुझाउन दवाव दिँदै आएका थिए ।

कोरोना महामारीका कारण व्यवसाय चौपट भएको समयमा पनि बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तथा ब्याज चुक्तानीका लागि दबाब दिँदै आएपछि व्यवसायी तनावमा देखिदै आएका थिए ।
व्यवसायीले आफूसँग भएको जायजेथा बिक्री गरेर भएपनि बैंकको ब्याज बुझाउन थालेका छन् । त्यसैले आज असोज महिनको अन्तिम दिन बैंकमा भिडभाड देखिएको छ ।

नेपाल राष्ट्र बैंकले असार मसान्तसम्म तिर्नु पर्ने साँबा र ब्याज असोजसम्म तिरे हुने व्यवस्था गरेको थियो । तर, व्यापार व्यवसाय पूर्ण रुपमा सञ्चालन नभएका कारण साँवा र ऋणको ब्याज कसरी तिर्ने भन्ने समस्यामा व्यवसायी छन् ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।