बैंकलाई किस्ता र ब्याज तिर्ने आज अन्तिम दिन, व्यवसायीलाई भ्याइ नभ्याइ

Oct 16, 2020 12:19 PM merolagani



व्यवसायीलाई आज बैंकबाट लिएको ऋणको किस्ता र ब्याज तिर्न भ्याइ नभ्याइ छ ।

व्यवसायीले बैंकबाट लिएको ऋणको किस्ता र ब्याज चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात असोजमसान्त भित्र (आज) सम्म तिर्नु पर्ने भएकाले भ्याइ नभ्याइ भएको हो ।

बैंकहरुले असोजको आधा आधी महिनादेखि नै ऋणको किस्ता र ब्याज बुझाउन दवाव दिएपछि व्यवसायीहरु तनावमा थिए । बैंक तथा वित्तीय संस्थाले पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्ने तयारीमा रहेकाले पनि असोज मसान्त भित्र (आज) सम्म ऋणको किस्ता र ब्याज बुझाउन दवाव दिँदै आएका थिए ।

कोरोना महामारीका कारण व्यवसाय चौपट भएको समयमा पनि बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तथा ब्याज चुक्तानीका लागि दबाब दिँदै आएपछि व्यवसायी तनावमा देखिदै आएका थिए ।
व्यवसायीले आफूसँग भएको जायजेथा बिक्री गरेर भएपनि बैंकको ब्याज बुझाउन थालेका छन् । त्यसैले आज असोज महिनको अन्तिम दिन बैंकमा भिडभाड देखिएको छ ।

नेपाल राष्ट्र बैंकले असार मसान्तसम्म तिर्नु पर्ने साँबा र ब्याज असोजसम्म तिरे हुने व्यवस्था गरेको थियो । तर, व्यापार व्यवसाय पूर्ण रुपमा सञ्चालन नभएका कारण साँवा र ऋणको ब्याज कसरी तिर्ने भन्ने समस्यामा व्यवसायी छन् ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।