माछापुच्छ्रे बैंकको वार्षिक साधारणसभा स्थगित

Oct 17, 2020 07:58 AM merolagani



आगामी बिहीबार बस्ने तय भएको माछापुच्छ्रे बैंकको वार्षिक साधारणसभा स्थगित भएको छ ।

गत शुक्रबार बसेको बैंक संचालक समितिको बैठकले २२ औं बार्षिक साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो ।

बैंकले कोरोना संक्रमण बढेको र आसन्न चाडपर्वको कारण शेयरधनीलाई साधारण सभामा भाग लिन कठिनाई हुने परिस्थितिलाई ध्यानमा राखी यही ६ गते पाेखरामा गर्ने तय भएको साधारणसभा स्थगित भएको जनाएको छ ।
बैंकले शेयरधनीलाई आर्थिक वर्ष २०७६ र ७७ को मुनाफाबाट चुक्ता पूँजीको ३.३७ प्रतिशतका दरले नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसहित) र चुक्ता पूँजीको ७.०३ प्रतिशत बराबरको बोनस सेयर वार्षिक साधारणसभाबाट पारित गरी वितरण गर्ने प्रस्ताव गरेको थियो । 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।