माछापुच्छ्रे बैंकको वार्षिक साधारणसभा स्थगित

Oct 17, 2020 07:58 AM merolagani



आगामी बिहीबार बस्ने तय भएको माछापुच्छ्रे बैंकको वार्षिक साधारणसभा स्थगित भएको छ ।

गत शुक्रबार बसेको बैंक संचालक समितिको बैठकले २२ औं बार्षिक साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो ।

बैंकले कोरोना संक्रमण बढेको र आसन्न चाडपर्वको कारण शेयरधनीलाई साधारण सभामा भाग लिन कठिनाई हुने परिस्थितिलाई ध्यानमा राखी यही ६ गते पाेखरामा गर्ने तय भएको साधारणसभा स्थगित भएको जनाएको छ ।
बैंकले शेयरधनीलाई आर्थिक वर्ष २०७६ र ७७ को मुनाफाबाट चुक्ता पूँजीको ३.३७ प्रतिशतका दरले नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसहित) र चुक्ता पूँजीको ७.०३ प्रतिशत बराबरको बोनस सेयर वार्षिक साधारणसभाबाट पारित गरी वितरण गर्ने प्रस्ताव गरेको थियो । 




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।