पछिल्लो २४ घण्टामा ३१६७ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

Oct 17, 2020 04:39 PM Merolagani



पछिल्लो २४ घण्टामा देशभर तीन हजार १६७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जानकारी अनुसार कोरोनाका कारण यस अवधिमा १२ जनाले ज्यान गुमाएका छन् ।

यस्तै संक्रमण भएर उपचार गराईरहेका एक हजार ८ सय जना आज संक्रमण मुक्त भएर डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।  आज थपिएका संक्रमितमध्ये एक हजार ७४६ जना काठमाडौं उपत्यकाका छन्, जसमा काठमाडौंका एक हजार ४५१ जना, ललितपुरका १५२ र भक्तपुरका १४३ जना छन् ।

कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ भने कुल मृतकको संख्या ७२७ पुगेको मन्त्रालयले जनाएको छ । देशभरमा ३८ हजार ७३७ संक्रिय संक्रमित छन् भने ८९ हजार ८४० जनाले कोरोना जितेका छन् । पछिल्लो २४ घटामा देशभरमा १५ हजार ४३८ पीसीआर परिक्षण भएको थियो । 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।