पछिल्लो २४ घण्टामा ३१६७ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

Oct 17, 2020 04:39 PM Merolagani



पछिल्लो २४ घण्टामा देशभर तीन हजार १६७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जानकारी अनुसार कोरोनाका कारण यस अवधिमा १२ जनाले ज्यान गुमाएका छन् ।

यस्तै संक्रमण भएर उपचार गराईरहेका एक हजार ८ सय जना आज संक्रमण मुक्त भएर डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।  आज थपिएका संक्रमितमध्ये एक हजार ७४६ जना काठमाडौं उपत्यकाका छन्, जसमा काठमाडौंका एक हजार ४५१ जना, ललितपुरका १५२ र भक्तपुरका १४३ जना छन् ।

कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ भने कुल मृतकको संख्या ७२७ पुगेको मन्त्रालयले जनाएको छ । देशभरमा ३८ हजार ७३७ संक्रिय संक्रमित छन् भने ८९ हजार ८४० जनाले कोरोना जितेका छन् । पछिल्लो २४ घटामा देशभरमा १५ हजार ४३८ पीसीआर परिक्षण भएको थियो । 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।