लाभांश प्रस्ताव पारित गर्न गुराँस लाइफले डाक्यो साधारण सभा, बुकक्लोज कहिले?

Oct 20, 2020 08:16 AM Merolagani



गुराँस लाइफ इन्स्योरेन्स लिमिटेड (GLICL) ले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा डाकेको छ। इन्स्योरेन्सले मंसिर ४ गते कम्पनीको प्रधान कार्यालय, श्री राज भवन, तिनकुने, काठमाडौँमा दशौँ वार्षिक साधारण सभा डाकेको हो।

सभाले हाल कायम चुक्ता पूँजीको १०.५० प्रतिशत अर्थात शतप्रतिशत हकप्रद निष्काशन पश्चात नेप्सेमा सूचीकरण भई वृद्धि भएको चुक्ता पूँजीको ५.२५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ५ जना र सर्वसाधारण शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने १ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेकोमा हकप्रद शेयर सूचीकरण पश्चात बढेर १ अर्ब ८७ करोड ७० लाख ४० हजार रुपैयाँ कायम भएको छ। सञ्चालक समितिले प्रस्ताव गरेको ९ करोड ८५ लाख ४४ हजार ६०० रुपैयाँ बराबरको बोनस शेयर वितरण पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ९७ करोड ५५ लाख ४८ हजार ६०० रुपैयाँ पुग्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले कात्तिक २० गतेदेखि मंसिर ४ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।