एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्गबाट दशैं दक्षिणा दिँदा १० प्रतिशत रकम थपिने

Oct 21, 2020 07:02 PM Merolagani



एनआईसी एशिया बैंकले (NICA) आफ्ना ग्राहकहरूलाई डिजिटल रकम स्थानान्तरणमा प्रोत्साहन स्वरूप डिजिटल दक्षिणा योजना ल्याएको छ । ‘सोच बदलौं’ भन्ने नारालाई आत्मसात गर्दै आइरहेको यस बैंकले दशैंमा ग्राहकहरूले आफ्ना आफन्तजनलाई दिने दक्षिणा यस बैंकको मोबाइल बैंकिङ्ग (MO Bank) मार्फत प्रदान गरेमा दक्षिणा रकमको थप १० प्रतिशत वा अधिकतम एक सय रुपैयाँसम्म बैंकले आफ्नो तर्फबाट थप गरिदिनेछ ।

यो योजना यस बैंकमा आबद्ध ग्राहकहरूलाई विजया दशमी टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म लागू गरिएको छ भने यस योजना अवधीभर बैंकको तर्फबाट एक जनाले अधिकतम पाँच सय रुपैयाँसम्म दक्षिणा प्राप्त गर्न सकिनेछ । उक्त १० प्रतिशत रकम बैंकले योजना सम्पन्न भएको ७ दिनभित्र दक्षिणा प्राप्त गर्ने ग्राहकको बैंक खातामा जम्मा गर्नेछ । यस योजना अन्तर्गत मोबाईल बैंकिङ्ग एप प्रयोग गरी दक्षिणा दिँदा बैंकका ग्राहकहरूले मोबाईल बैकिङ्ग एपमा रहेको डिजिटल दक्षिणा ‘Digital Dakshina’ मा ट्याप गरी आफुले दिन चाहेको रकम, एकाउन्ट नम्बर, खातावालाको नाम तथा रिमाक्र्स (Remarks) मा दक्षिणा म्बपकजष्लब जस्ता विवरण अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने हुन्छ ।

साथै बैंकले ल्याएको ‘डिजिटल उत्सव’ योजनामा ग्राहकहरूले १ कार्तिक देखि ५ मंसीर २०७७ सम्म विभिन्न ब्राण्ड तथा स्टोरहरूमार्फत किनमेल गरी मोबाइल बैंकिङ्ग तथा कार्डबाट डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म आकर्षक नगद छुट तथा नगद फिर्ताको लाभ लिन सकिनेछ। यसै योजनाबाट सामाजिक काममा आफ्नो परोपकारी भावनालाई गतिशील रुपमा अगाडी बढाउन बैंकले ‘Celebrate For Cause’ योजना मार्फत यस बैंकको मोबाइल बैंकिङ्ग (NIC Asia MoBank) बाट क्यूआर, युटिलिटि, तथा मर्चेन्ट भुक्तानी गरी हुने प्रत्येक कारोबारमा बैंकको तर्फबाट १ रुपैयाँका दरले समाजिक उत्तरदायित्वका लागि योगदान समेत गर्नेछ । यस बैंकका करिब १२ लाख मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले १ कार्तिक देखि १० कार्तिक २०७७ सम्म गर्नुहुने डिजिटल भुक्तानीलाई यस योजनामा समावेश गरिनेछ ।

बैंकको मुलुकभर ३२७ शाखा कार्यालयहरू, ४७० एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा छ ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।