एनसेलको ‘इन्डलेस कुराकानी प्लस’ अफरमा अफ नेट र अन नेट कल शुल्क घट्यो

Oct 23, 2020 03:28 PM Merolagani

एनसेल आजियाटा लिमिटेडले आफ्नो ‘प्लस’ थिम अन्तर्गत रहेको ‘इन्डलेस कुराकानी प्लस’ अफरमा बुधबारबाट आकर्षक सुविधा थपेको छ । जस अन्तर्गत भ्वाइस प्याक सुचारु गर्ने ग्राहकले अन्य नेटवर्कमा कर सहित मात्र १.२८ रुपैयाँमा कुरा गर्न सक्छन् । अन्य अवस्थामा एनसेल नेटवर्क बाहिरको नेटवर्कमा कल गर्दा २.५४ रुपैयाँमा प्रति मिनेट शुल्क लाग्दछ ।

यस चाडपर्वको अवसरमा एनसेलका प्रिपेड ग्राहकले एनसेल नेटवर्क भित्र तथा अन्य नेटवर्कमा रहेका आफ्ना परिवार, आफन्त र साथीभाइसँग अब अझै सुलभ दरमा धेरै कुराकानी गर्न सक्छन् ।

यस योजना अन्तर्गत, भ्वाइस प्याक लिएर खपत गरेका ग्राहकका लागि एनसेल नेटवर्क भित्रको कल शुल्क पनि घटाएको छ । इन्डलेस कुराकानी प्लस अन्तर्गत भ्वाइस प्याक लिएका ग्राहकले हरेक दिनको तोकिएको निश्चित मिनेट प्रयोग भैसकेको अवस्थामा मात्र ६४ पैसा प्रति मिनेटमा एनसेल नेटवर्कभित्र कुराकानी गर्न सक्छन् । अन्य अवस्थामा एनसेल नेटवर्क भित्र कल गर्दा विद्यमान २.५४ रुपैयाँप्रति मिनेट शुल्क लाग्दछ ।

इन्डलेस कुराकानी प्लस अन्तर्गत प्रिपेड ग्राहकले ७ दिन, १५ दिन वा ३० दिनको समयावधि रहेको भ्वाइस प्याक आफ्नो आवश्यकता अनुसार सुचारु गर्न सक्छन् । ७ दिन समयसिमा रहेको प्याकमा ग्राहकले मात्र ९५.७७ रुपैयाँमा ७०० मिनेट अन नेट टक टाइम (७ दिनसम्म हरेक दिन १०० मिनेट टक टाइम ) प्राप्त गर्दछन् । त्यस्तै गाहकले मात्र १९१.५४ रुपैयाँमा १५ दिने प्याक सुचारु गरी प्रत्येक दिन १२५ मिनेट र ३८१.७९ रुपैयाँमा ३० दिनको प्याक लिएर हरेक दिन १५० मिनेट अन नेट टक टाइमको फाइदा लिन सक्छन् ।

प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ७ ह्यास डायल गरी निर्देशन अनुसार प्याक सुचारु गर्न सक्छन् । ग्राहकले एसएमएसबाट पनि प्याक सुचारु गर्न सक्छन् । जस्तै ७ दिनको प्याक लिनका लागि ग्राहकले १०० टाइप गरी अंग्रेजी ठुलो अक्षरमा पिडी लेखि १७११८ मा एसएमएस पठाएर प्याक सुचारु गर्न सक्छन् ।

चाडवाडको अवसरमा आफ्ना प्रिपेड ग्राहकका लागि भ्वाइस प्याकमा थप सुविधा सहित अन्य नेटवर्कमा र एनसेल नेटवर्कभित्रै पनि अझै सुलभ दरमा भ्वाइस सेवा सुनिश्चित गर्न पाएकोमा कम्पनी निकै हर्षित रहेको एनसेलले जनाएको छ । आकर्षक भ्वाइस प्याकमा अझै बढि सेवा सुविधाले ग्राहकलाई थप मुल्य प्रदान गर्दै चाडपर्वको समयमा शुभकामना आदानप्रदान गर्न तथा आफ्ना परिवार, आफन्त र साथीभाइसँग अझै सुलभ दरमा सम्पर्कमा रहिरहन मद्दत पुर्याउने विश्वास एनसेलले लिएको छ ।

 

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।