आज ४,४९९ कोरोना संक्रमित थपिए

Oct 23, 2020 04:53 PM merolagani



नेपालमा आज थप ४,४९९ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा कूल संक्रमित संख्या १ लाख ५३ हजार ८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंया मन्त्रालयको वेभसाइटमा कोभिड–१९ को विवरण अद्यावधिक गर्दै नेपालमा कूल संक्रमितको संख्या १ लाख ५३ हजार ८ जना पुगेको जनाएको छ ।

दसैँ बिदासँगै अद्यावधिक विवरण दिने कार्यक्रम रोकिएको छ । तर, वेभसाइटमा भने अद्यावधिक विवरण राखिएको छ ।