कोरोना भाइरसको संक्रमण बढेको छ, त्यसैले जो जहाँ छौं, त्यही रहेर दशैं मनाऔं: प्रधानमन्त्री

Oct 23, 2020 05:13 PM merolagani



प्रधानमन्त्री केपी शर्मा ओलीले काेराेना भाइरस महामारीको संक्रमणको वेग थामी नसक्नु भएकाले जो जाहाँ छौ, त्यही रहेर दसैं मनाउन आग्रह गरेका छन् । उनले आज देशवासीका नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

संक्रमण रोक्न, नियन्त्रण गर्न र संक्रमितको उपचारमा सरकारले सम्पूर्ण प्रयास केन्द्रित गरेको गरेको पनि उनले बताए । सरकारले उपचारको दायित्व पुरा गर्न कुनै पनि बहानामा पछि नहट्ने प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।

लकडाउन गरेदेखि जनतालाई भयभित बनाउने अफवाह छरिएको प्रधानमन्त्री ओलीले बताए । उनले भने,‘सक्रिय संक्रमितको एउटा मात्रै केस हुँदा होस् वा अहिले एकैदिनमा ५ हजारभन्दा बढी सक्रिय केस पहिचान भएको क्षणमा होस्, अफवाहको प्रकृति करिब करिब उस्तै रहेको देखिन्छ ।’

संक्रमितको मृत्युदर ०.६ प्रतिशतभन्दा माथि जान नसकेको भन्दै प्रधानमन्त्री ओलीले संक्रमितको निको हुने क्रम बढेको पनि दावी गरे ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।