पछिल्लो २४ घण्टामा ५७० जना कोरोना संक्रमित थपिए, १४ जनाको निधन

Oct 27, 2020 04:39 PM Merolagani



पछिल्लो २४ घण्टामा ५७० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभरमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या एक लाख ६० हजार ४०० जना पुगेका छन् । तीमध्ये सक्रिय संक्रमित ४० हजार ६८१ जना छन् ।

मंगलबार कोभिड १९ संक्रमणका कारण निधन हुने १४ जना छन् । हालसम्म नेपालमा ८७६ जनाले संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

गत २४ घण्टामा कोरोना मुक्त हुनेको संख्या तीन हजार १६८ रहेको छ । अहिलेसम्म मुलुकमा कोरोना निको हुनेको संख्या एक लाख १८ हजार ८४३ पुगेको छ ।

अहिले देशमा दुई हजार ९३२ जना क्वारेन्टिनमा छन् भने आइसोलेसनमा ४० हजार ६८१ जना रहेका छन् । गत एक दिनमा दुई हजार ७२५ कोरोना परीक्षण भएको छ । हालसम्म नेपालमा कुल १४ लाख ६९४ पीसीआर परीक्षण भइसकेको छ ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।