अमेरिकी चुनाव नतिजाः बाँकी विश्वका लागि बाइडेनको जीतको अर्थ के?

Nov 10, 2020 06:07 PM BBC

केही दिनको अनिश्चिततापछि, जो बाइडेनले अमेरिकी राष्ट्रपति चुनाव जितेका छन्।
डोनाल्ड ट्रम्पको कार्यकालको ४ वर्षको अवधिमा विश्वसँग अमेरिकाको सम्बन्धमा गहन परिवर्तन भयो।

बेइजिङ्गदेखि बर्लिनसम्म, बाइडेनको जीतको समाचारलाई विश्वले कसरी लिइरहेको छ र उनको जीतले अमेरिकी सम्बन्धहरुलाई के अर्थ लाग्छ भन्ने यहाँ प्रस्तुत गरिएको छ।

चीन

बाइडेनको जीतले चीन प्रशासनमा एक नयाँ चुनौति खडा भएको छ।

सबैले सोच्छन् कि डोनाल्ड ट्रम्पको हारमा बेइजिङ्ग खुसी हुनेछ। किनभने उनले व्यापार युद्धको शुरुवात गरे, दण्डात्मक प्रतिबन्धको एक छाप छोडे र चीनलाई कोरोना भाइरस महामारीका लागि दोषी ठहर्याए।

तर, चिनीयाँ नेतृत्व भित्रभित्रै निराश महसुस गरिसकेको हुनसक्ने अनुमान केही विश्लेषकहरुले लगाएका छन्। यसकारण होइन कि उनीहरुलाई ट्रम्प प्रति कुनै स्थायी शोक छ, तर यस कारण कि ट्रम्पको अर्को चार वर्षको कार्यकालमा चीनले ठूला उपलब्धी हासिल गर्ने सम्भावना छ। घरमा विभाजन, अन्य राष्ट्रसँग मनमुताव– ट्रम्पले बेइजिङ्गलले लामो समयदेखि अपेक्षा गरेको अमेरिकी शक्तिमा कमी आउने सम्भावना थियो।

यो यस मुलुकको कम्युनिस्ट पार्टीदुवारा नियन्त्रित टिभी समाचार बुलेटिनमार्फत घर घरमा पुर्याइएको सन्देश थियो। उनीहरुले आफैले चुनावमा मात्रै विशेष ध्यान दिएनन्– तर, विरोध विद्वेष र अमेरिकामा भाइरसको बढ्दो संक्रमणलाई पनि ध्यान दिएको छ।

चीन, जलवायु परिवर्तन जस्ता ठूला मुद्दाहरुमा सहयोग गर्नका लागि जो बाइडेनको इच्छाको लाभ लिने कोशिस गर्न सकिनेछ। तर, उनीले अमेरिकाको गठबन्धनहरुलाई दुरुस्त गर्नका लागि काम गर्ने वादा पनि गरेका छन्, जो ट्रम्पको यस एक्लो दृष्टिकोणको तुलनामा चीनको महाशक्ति महत्वकांक्षाहरुलाई रोक्नका लागि धेरै प्रभावकारी सावित हुन सक्छ।

र बाइडेनको जीत लोकतान्त्रिक नियन्त्रण रहित चिनियाँ सिस्टमलाई अर्को चुनौती बनेको छ। अमेरिकी भ्यालुको गिरावटभन्दा पर, शक्तिको रुपान्तरण नै ती मानहरु स्थिर रहनुपर्छ भन्ने प्रमाण हो।

भारत

कमला ह्यारिस भारतिय मुलको हुनु भारतको लागि गर्वको कुार हुनसक्छ तर, नरेन्द्र मोदीले उनका पूर्ववर्तीभन्दा बढी बाइडनको राम्रो स्वागत गर्न सक्ने दिल्लीका पत्रकार लेख्छन्।

लामो समयदेखि भारत अमेरिकाको लागि महत्वपूर्ण साझेदार रहेको छ–र यस यात्राको समग्र दिशामा बाइडेनको अध्यक्षताले कुनै परिवर्तन हुने सम्भावना छैन। चीनको उदय कम गर्न र विश्वव्यापी आतंकवादको विरुद्ध लड्न अमेरिकाको इण्डो–प्यासिफिक रणनीतिमा दक्षिण एशियाको सबैभन्दा बढी जनसंख्या भएको मुलुक महत्वपूर्ण सहयोगी हुनेछ।

बाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीचको व्यक्तिगत सम्बन्ध नकारात्मक गर्न गाह्रो हुन सक्छ। ट्रम्पले मोदीको विवादास्पद घरेलु नीतिको आलोचना गर्नबाट पछि हटेका छन्–जसलाई धेरैले मुलुकका मुस्लिमहरुप्रतिको विभेद भनेका छन्।

बाइडेन निकै प्रष्ट छन्। उनको अभियानको वेबसाइटले कश्मिरका सबैको अधिकारमो पुनःस्थापनाको माग गरेको छ र आन्दोलनलाई जगाएका दुई कानून, नेशनल रजिष्टर अफ सिटिजन्स र सिटिजनसिप एमेन्डमेन्ट एक्ट, को आलोचना गरेको छ।

आगामी उप राष्ट्रपति कमला ह्यारिसले पनि हिन्दू राष्ट्रवादी सरकारको नीतिको विरोधमा बोलेकी छिन्। तर, उनी भारतिय मुलकी हुनुले धेरै देशमा सामूहिक उत्सव शुरु हुनेछ। चेन्नाइमा जन्मिएकी र हुर्केकी भारतीय महिलाकी छोरी चाँडै नै ह्वाइट हाउसको दोस्रो कमाण्डर हुनेछन्। यो राष्ट्रिय गौरवको क्षण हो।

कोरिया

उत्तर कोरिकाले एकपटक बाइडेनलाई ‘राबिड डग’ को संज्ञा दिएका थिए। तर, अहिले किम जोङ उनले नयाँ अमेरिकी राष्ट्रपतिलाई भड्काउने प्रयास गर्नुअघि होशियारीपूर्वक गण्ना गर्नेछ, सियोलका एक पत्रकार लेख्छन्।

सम्भवतः राष्ट्रपति किमले डोनाल्ड ट्रम्पको अरु चार वर्षे मन पराउँथे।

नेताहरुको अभूतपूर्व बैठक र आवागमनहरु इतिहासका पुस्तकहरुको लागि राम्रो खुरा कबनेको थियो तर निकै कम सम्झौताहरु भएका थिए। कुनै पनि पक्षले उनीहरुलाई यी कुराकानीबाट के चाहिएको हो, त्यो प्राप्त गर्न सकेनः उत्तर कोरियाले आफ्नो आणविक शास्त्रागार निर्माण गर्न जारी राख्यो र अमेरिकाले कडा प्रतिबन्ध लगाएको छ।

यसका विपरित, जो बाइडेनले उत्तर कोरियालाई किम जोंग उनसँग कुनै भेटघाट गर्नु अघि आफ्नो आणविक हतियार त्याग्न इच्छुक रहेको देखाउन आग्रह गरे। धेरै विश्लेषकहरु विश्वास गर्दछन् कि बाइडेनको टोलीले प्योङ्गयोङ्गसँग धेरै चाँडै कुरा थालिएन भने ‘क्रोध’ को दिन फेरि आउन सक्छ।

किमले लामो दूरीको क्षेप्यास्त्र परीक्षणको फिर्ताको साथ वाशिंगटनको ध्यानाकर्षण गर्न चाहन्छन्, तर, उनी तनाव बढाउन चाहँदैनन् कि पहिले नै गरिब राज्यलाई अझ बढी प्रतिबन्ध लगाइनेछ।

दक्षिण कोरियाले उत्तर कोरियालाई उत्तेजक मार्गमा अघि नबढ्न चेतावनी दिइसकेको छ। सिओलले कहिलेकाँही डोनाल्ड ट्रम्पसँग सम्झौता गर्न संघर्ष गरेको हुनसक्छ–तर राष्ट्रपति मुन कोरियाली प्रायद्वीपमा ७० वर्षको युद्ध अन्त्य गर्न उत्सुक छन् र उनले किमलाई भेट्न ‘हिम्मत’ गरेकोमा उनले ट्रम्पको प्रशंसा गरेका छन्। 

रुस
मस्कोमा स्टीभन रोसेनवर्ग लेख्छन्, बाइडेनको जीत रुस प्रशासनका लागि एउटा पूर्व अनुमानित ‘सिल्भर लाइनिंङ’ हुनसक्छ ।

क्रेमलिनमा सुन्ने तीव्र भावना छ । त्यसैले जब हालैमा जो बाइडेनले रुसलाई अमेरिकाका लागि सबैभन्दा खतरा बताए, तब उनीहरुले मस्कोमा चर्काे र स्पष्ट सुने ।

क्रेमलिनमा एउटा लामो स्मृति पनि रहेको छ। सन् २०११ मा उपराष्ट्रपति बाइडेनले कथित रुपमा भनेका थिए कि, यदि उनी पुटिन थिए भने उनी राष्ट्रपति पदका लागि दौडिदैनथे । यो देश र उनका लागि पनि नराम्रो हुनेछ । राष्ट्रपति पुटिनले यो बिर्सेका छैनन होला ।

बाइडेन र पुटिन भू–राजनीतिक स्वर्गमा बनेका म्याच होइनन् । मस्कोलाई डर छ कि, बाइडेनको राष्ट्रपति पदको मतलब वाशिंगटनबाट अधिक दबाब र अधिक प्रतिबन्ध भन्ने हुनेछ । ह्वाइट हाउसमा डेमोक्रेटको साथ, के यो सन् २०१६ को अमेरिकी चुनावमा रुसको कथित हस्तक्षेपका लागि बदला हुनसक्छ?

एउटा रुसी अखबारले हालैमा दाबी गरेको छ कि, ट्रम्पको अधिनमा अमेरिका–रुसको सम्बन्धलाई बिगारेको थियो । तर यसले बाइडेनको तुलना एउटा ड्रेजरको रुपमा गरेको छ, जुन अझै गहिरा डुबाईमा गइरहेको थियो । थोरै आश्चर्यको कुरा भनेको मास्कोमा डुब्ने भावना छ ।

तर क्रेमलिनका लागि सिल्भर लाइनिङ हुनसक्छ । रुसी टिप्पणीकारका अनुसार बाइडेनको प्रशासन कम्तीमा पनि ट्रम्प प्रशासनको तुलनामा अधिक पूर्वानुमानित हुनेछ ।

जर्मनी
बर्लिनका डेमियन मेगेनेस लेख्छन्, डोनाल्ड ट्रम्प प्रस्थान भएसँगै जर्मनीले आफ्नो सहयोगीका साथ सहज कारोबारका लागि जाने आशा राखेको छ ।

जर्मनीले यस निर्णयमा राहतको सास फेर्नेछ ।

प्यू रिसर्च सेन्टरका अनुसार, जर्मनीले विदेशी नीतिमाथि केबल १० प्रतिशत मात्र ट्रम्पलाई विश्वास गर्छ । उनी सर्वेक्षण गरिएका कुनै पनि अन्य देशको तुलनामा जर्मनीमा अधिक अलोकप्रिय छन् । यहाँसम्म कि, रुसका पुटिन र चीनका शी जिनपिङले जर्मनीमा उत्कृष्ट मतदान (पोल) गरेका छन् ।

राष्ट्रपति ट्रम्पमाथि फ्री ट्रेड कम गरेको र बहुराष्ट्रिय संस्थानको विघटन गरेको आरोप रहेको छ, जसमा जर्मनी आर्थिक रुपमा निर्भर गर्दछ । चीनका साथ उसको विगतले जर्मनीलाई भयभित बनाएर राखेको छ र चान्सलर एन्जेला मर्केलका साथ उनको कमजोर सम्बन्ध रहेको छ । दुुई नेताको नैतिकता र व्यक्तित्वमा अरु धेरै भिन्नता कल्पना गर्न मुस्किल रहेको छ । जर्मनी राजीनिज्ञ र मतदाताहरु उनको आक्रामक शैली, तथ्यका बारेमा उनको अपारम्परिक दृष्टिकोण र जर्मनीको कार उद्योगमाथि उनको लगातारको आक्रमणले चकित भएका छन् ।

यसका बाबजुद अमेरिका जर्मनीको सबैभन्दा ठूलो व्यापारिक साझेदार रहेको छ र यूरोपेली सुरक्षाका लागि ट्रान्सलान्टिक सम्बन्ध महत्वपूर्ण छ । त्यसैले ट्रम्प प्रेसिडेन्सी चट्टानी यात्रा भएको छ । जर्मनी मन्त्रीहरुले राष्ट्रपति ट्रम्पद्धारा मतगणना रोक्ने र चुनावी धोकाधडी गरेको भनेर गरेको निराधार दाबीको आलोचना गरेका छन् । रक्षा मन्त्री एनेग्रेट क्य्राम्प कर्रनबाउनरले उक्त स्थितिलाई ‘विस्फोटक’ बताएका छन् ।

बर्लिन एक यस्तो राष्ट्रपतिका साथ काम गर्न चाहन्छ, जसले बहुपक्षीय सहयोगलााई महत्व दिओस्।

ईरान
बीबीसी फारसी सेवाका संवाददाता कासरा नाजी लेख्छन्, बाइडेनको जीतले तेहरानलाई वार्ताको मेजमा फिर्ता ल्याउन सक्छ ।

अमेरिकी चुनावभन्दा अघिल्लो हप्ता राष्ट्रपति ट्रम्पले आशावादी रुपमा भनेका थिए कि, एक पटक फेरि चुनिएसँगै प्राप्त हुने पहिलो टेलिफोन कल ईरानका नेताहरुसँग कुराकानी गर्नका लागि हुनेछ ।

यदि उनले जितेमा त्यो फोन कल हुनेन्थ्यो, तर कहिल्यै पनि हुनेवाला थिएन । ट्रम्प प्रशासनका साथ वार्तालाप गर्नु ईरानका लागि असम्भव प्रायः थियो, यो एकदमै अपमानजनक हुनेछ ।

राष्ट्रपति ट्रम्पको अधिनमा अमेरिकी प्रतिबन्ध र अधिकतम दबाब नीतिले ईरानलाई आर्थिक पतनको बाटोमा छोडिदिएको छ । ट्रम्प परमाणु सम्झौताबाट पछि हटे । योभन्दा पनि खराब कुरा यो हो कि, उनले सर्वाेच्च नेता अयातुल्ला अली खामेनेईका नजिकी जनरल कासिम सोलेमानीको हत्याको आदेश दिए। उसको हत्याको बदला लिनु कट्टरपन्थीको एजेण्डाको सबैभन्दा माथि थियो।

जो बाइडेनको चुनावले ईरानका लागि अमेरिकी प्रशासनका साथको वार्तालाई सहज बनाउँछ । उनले भनेका छन् कि, उनी कुटनीतिको उपयोग गर्न चाहन्छन् र ईरानसँगको परमाणु सम्झौतामा फर्किन चाहन्छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।