आरएमडीसी लघुवित्तको साधारण सभा आह्वान, बुकक्लाेज कहिले?

Nov 11, 2020 10:51 AM Merolagani



आरएमडिसी लघुवित्त वित्तीय संस्था (RMDC) ले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न मंसिर २२ गते बिहान ११ बजे २२ औं वार्षिक साधारण सभा बोलाएको छ।

 

लघुवित्तको २२ औं वार्षिक साधारण संस्थाको रजिष्टर्ड कार्यालय, पुतलीसडकमा भिडियाे कन्फ्रेन्स मार्फत बस्ने भएको हो। लघुवित्तले आफ्ना तमाम शेयरधनीहरुलाई भर्चुअल माध्यम मार्फत सभामा भाग लिनको लागि आग्रह गरेको छ।

सभाले लघुवित्तको सञ्चालक समिति बैठकले प्रस्ताव गरेको चुक्ता पूँजीको १५ प्रतिशत अर्थात १३ करोड ४८ लाख ९८ हजार ५१३ रुपैयाँको बोनस शेयर तथा चुक्ता पूँजीको ५ प्रतिशतका दरले ४ करोड ४९ लाख ६६ हजार १७१ रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।

यसैगरी, सभाले बोनस शेयर वितरण पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएकाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने तथा नियमनकारी निकायबाट आउने निर्देशन अनुसार संशाेधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने भएको छ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले मंसिर ८ गतेदेखि मंसिर २२ गतेसम्म शेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ। यसअनुसार मंसिर ७ गतेसम्म नेप्सेमा शेयर खरिद गरि शेयरधनी कायम रहेका लगानीकर्ताले प्रस्तावित लाभांश पाउनुका साथै सभामा भाग लिन सक्नेछन्।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।