६ कारण जसले शेयर बजार उकालो लागेर १७१८ अंकमा पुग्यो, तिहारपछि बजारले कुन बाटो लेला ?

Nov 17, 2020 09:02 AM merolagani

पछिल्लो समय शेयर बजार निरन्तर उकालो लागेर १७१८.४९ अंकमा पुगेको छ । शेयर बजार यसरी निरन्तर बढनु पछाडि ६ कारण रहेका छन् ।

शेयर बजार बढनुको पहिलो कारण बैंकको ब्याजदरलाई लिने गरिएको छ । शेयर धितो राखेर लिइने कर्जाको ब्याजदर घटेकाले धमाधम बैंकबाट ऋण लिएर शेयर खरिद गर्न पुग्दा बजार उचाइमा पुगेको नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष अम्बिका प्रसाद पौडेलले बताए ।

‘१३ देखि १५ प्रतिशतसम्म पुगेको ब्याजदर ८ देखि ९ प्रतिशतमा आएपछि बैंकबाट ऋण लिएर लगानी शेयर किन्न थालेका कारण पनि शेयर बजार बढेको हो,’ उनले भने, ‘बैंकको ब्याजदर सस्तो हुदाँ शेयर बजार उकालो लाग्ने र ब्याजदर बढदा शेयर बजार ओरालो लाग्ने गर्छ । यसपाली पनि त्यही ब्याजदर घटेका कारण शेयर बजार उकालो लागेको हो ।’

ब्याजदर र शेयर बजारको ठिक उल्टो सम्बन्ध हुने गरेको नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष एवं हाल नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले बताए । ‘शेयर बजारलाई बैंकको ब्याजदर असर पार्ने गर्छ, अहिले बैंकको ब्याजदर घटदै गएकाले शेयर बजार बढदै गएको हो,’ उनले भने, ‘बैंकहरुले धमाधम लगानीकर्तालाई ऋण लिनका लागि आग्रह गर्दै आएको र लगानीकर्ताले पनि ऋण लिएर धमाधम शेयर खरिद गरेकाले शेयर बजार बढेको हो ।’

शेयर बजार बढनुको दोस्रो कारण बैंकले असोजसम्मको अपरिस्कृत वित्तीय विवरणलाई लिने गरिएको छ । कोरोना भाइरसले अर्थतन्त्र थिलाथिला भएको समयमा पनि बैंकको नाफामा खासै असर गरेको देखिएको छैन् । केही बैंकको बाहेका धेरै बैंकको वित्तीय विवरण राम्रै आएको छ । लकडाउन र निषेधाज्ञाको समयमा लगानी गर्न नसकिरहेका बैंकको नाफा सन्तोषजनका भएकाले पनि शेयर बजार माथि पुग्न गएको हो ।

अहिले लकडाउन र निषेधाज्ञा खुलेको छ । यतिबेला बैंकहरुले धमाधम कर्जा लगाउन थालेका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासको जटिल अबस्थामा पनि बैंकको वित्तीय विवरण खासै नराम्रो नआएको र चालु आर्थिक वर्षको अझै ९ महिना बाँकी रहेकाले त्यो अवधिमा बैंकहरुले अझै राम्रो नाफा गर्न सक्ने सम्भावना देखिएकाले पनि शेयर बजार बढन पुगको शेयर बिश्लेषकको भनाइ छ ।

बिगतका यस्तै जटिल परिस्थिमा पनि बैंकको नाफा खासै खुम्चिएको थिएन् । अहिलेको कोरोना भाइरसले बैंकको नाफामा केही असर पारेपनि त्यति धेरै असर नपार्ने नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष पौडेलेको तर्क छ । ‘बैंकहरुको नाफामा केही तलमाथि होला तर ज्यादै नै दयनिय अवस्था भने हुँदैन,’ उनले भने, ‘दक्षिण एशियमा नै नेपालका बैंकको स्थिति मजबुत छ ।’

शेयर बजार बढनुको तेस्रो कारणका नेपाल स्टक एक्चेन्ज (नेप्से) मा सूचीकृत कम्पनीले धमाधम लाभांश विरण गरिरहेका छन् । कम्पनीले वितरण गरेको लाभांश हात पार्न पनि लगानीकर्ताले शेयर खरिद गरेका छन् । पछिल्लो दुई दिनमा बुधबार र बिहीबार करिव ९ अर्ब रुपैयाँको कारोबार हुनुको कारण पनि लाभांश बुकलाई नै लिने गरिन्छ । लगानीकर्ताले धमाधम लाभांश बुक गर्न थालकोले पनि शेयर बजार बढन पुगेको बताइन्छ ।

शेयर बजार बढनुको चौथो कारण अन्य क्षेत्रमा लगानी गर्ने ठाउँ नभएकाले पनि प्राय सबैजसोले शेयर बजारमा लगानी गर्न थालेका छन् । बैंकबाट ऋण लिएको रकम तथा अन्य क्षेत्रमा लगानी गर्नका लागि लिएको रकम पनि घुमाउरो पाराले शेयरमा नै लगानी गर्न पुगेका कारण, घरजग्गा बिक्रीबाट आएको रकम र सहकारीमा रहेको रकम पनि शेयर बजारमा नै आएका कारण शेयर बजार बढन पुगेको शेयर बिश्लेषकहरु बताउँछन् ।

त्यसैगरी, राजनीतिक कारण पनि शेयर बजार बढका लागि साथ दिइरहेको छ । अर्थमन्त्री परिवर्तनले पनि शेयर बजार उकालो लाग्नमा मदत पुगेको र यो बजार बढनुको पाचौं कारण रहेको लगानीकर्ताको भनाइ छ । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजारप्रति हेर्ने दृष्टिकोण र अहिलेका अर्थमन्त्री विष्णु पौडेले हेर्ने दृष्टिकोणमा आकाश जमिन फरक भएकाले पनि शेयर बजार उकालो लाग्न पुगेको बताइन्छ ।

पहिलो पटक अर्थमन्त्री हुँदा पनि आमलगानीकर्ता भावना अनुसार निर्णय लिएकाले लगानीकर्ता पौडेलप्रति सकारात्मक भएका हुन् । ‘सबैभन्दा पहिला त अर्थमन्त्री पौडेलले सबैको कुरा सुन्ने र त्यही अनुसार निर्णय लिने गर्नुहुन्छ त्यो नै लगानीकर्ताले मन पराउँछन्,’ एक लगानीकर्ताले भने, ‘जन निर्वाचितको पृष्ठभूमीबाट आएकाले आमजनताले के चाहना राख्छन्, त्यो चाहाना परिपूर्ति गर्नलाई कस्तो खालको निर्णय गर्दा उपयुक्त हुन्छ भन्ने कुरालाई ख्याल गरेर निर्णय गर्ने खुवी पौडेलमा छ । त्यसैले पनि लगानीकर्ता उहाँ प्रति सकारात्मक भएका हुन् ।’
आमनागरिकको धारणा बुझ्ने र त्यही धारणाको जगमा टेकेर निर्णय गर्ने खुवी अर्थमन्त्री पौडेलमा छ । २०३३ सालदेखि नै सक्रिय राजनीतिमा रहेकाले पनि पौडेलले आमनागरिकको धारणा बुझ्ने र सुधारका कार्यक्रम ल्याउने अपेक्षा गरिएको छ ।

नेप्से यसअघि २०७३ को साउन १२ गते अहिलेसम्मकै उच्च विन्दु १८८१ मा पुगेको थियो । ‘नेप्से पौडेलकै अघिल्लो कार्यकालमा सवैभन्दा नयाँ उचाइमा पुगेको थियो,’ ती लगानीकर्ताले भने, ‘यस पटक पनि नेप्सेमा पक्कै पनि सुधार देखिने अपेक्षा गर्न सकिन्छ ।’

यसअघिका अर्थमन्त्री खतिवडा भन्दा अहिलेका अर्थमन्त्री पौडेलले सबैका कुरा सुन्ने र त्यसका आधारमा निर्णय गर्ने खुवी भएकाले पनि लगानीकर्ता तथा ब्रोकरहरु उनको पालामा शेयर बजारले सुधारको लिने अपेक्षा गरेका छन् । अर्थमन्त्री पौडेलले शेयर बजार सुधारमा देखिएका अवरोधहरुलाई हटाइदिए मात्र पनि शेयर बजारले यसअघिको उच्च विन्दुलाई सजिलै पार गर्ने लगानीकर्ताको भनाइ छ ।

पहिलो पटक अर्थमन्त्री हुँदादेखि नै बजारप्रति सकारात्मक धारणा राखेकाले अर्थमन्त्री पौडेलको पुनः दोस्रो कार्यकालमा पनि बजारले सुधारको गति लिने अपेक्षा लगानीकर्ताले राखेका हुन् ।

शेयर बजार बढनुको छैठौं कारण प्राथमिक शेयर निष्कासन (आइपिओ)मा धेरै लगानीकर्ताले शेयर खरिदका लागि आवेदन दिने र उक्त आवेदनमा १० कित्ता पनि नपरेपछि त्यो रकम पनि दोस्रो बजारमा आउन थालेकाले पनि बजार सुधारमा सहयोग पुगेको बताइन्छ ।

अहिले पनि १० देखि १५ प्रतिशत लाभांश दिन सक्ने अवस्थामा रहेका बैंकको शेयर मूल्य ३ सयको हाराहारीमा छ । अन्य समूहको शेयर बढेपनि बैंकिङ समूहको शेयर मूल्य अझै पनि तल नै छ । बैंकको शेयर खरिद गर्दा अझै फाइदा हुने भएकाले पनि लगानीकर्ताले धमाधम बैंकको शेयर खरिद गरिरहेका छन् । यसले गर्दा तिहारपछि पनि शेयर बजार अझै बढने शेयर बिश्लेषको भनाइ छ ।

‘नेप्सेले १८०० अंकको टार्गेट लिएको देखिन्छ,’ ती बिश्लेषकले भने, ‘त्यो लक्ष्य पुरा गर्न अब धेरै समय लाग्छ जस्तै लाग्दैन् ।’

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।