बेलायतमा २०३० देखि पेट्रोल डिजेलबाट चल्ने कारमाथि प्रतिबन्ध

Nov 18, 2020 03:01 PM Merolagani



बेलायतका प्रधानमन्त्री जोनसन बोरिसले सन् २०३० देखि बेलायतमा पेट्रोल डिजेलबाट चल्ने कार र भ्यानको विक्री माथि पूर्ण रुपमा प्रतिबन्ध लगाउने बताएका छन् । 

यो जलवायु परिवर्तनबाट बच्न र परमाणु जस्ता उद्योगहरुमा रोजगार सिर्जना गर्नका लागि प्रधानमन्त्रीको ‘हरित औद्योगिक क्रान्ति’ योजनाको हिस्सा हो ।

उक्त योजनाको आलोचकहरुका अनुसार, ४ अर्ब यूरो वितरण यो चुनौतीको सामना गर्नका लागि अधिक सानो रकम हो ।

प्याकेजमा घोषित नयाँ रकमको कुल राशी तीव्र गतिको रेल, एचएसटूको अनुमानित एक खर्ब पाउण्डको २५ औँ हिस्सा हो । एजेन्सी 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।