बेलायतमा २०३० देखि पेट्रोल डिजेलबाट चल्ने कारमाथि प्रतिबन्ध

Nov 18, 2020 03:01 PM Merolagani



बेलायतका प्रधानमन्त्री जोनसन बोरिसले सन् २०३० देखि बेलायतमा पेट्रोल डिजेलबाट चल्ने कार र भ्यानको विक्री माथि पूर्ण रुपमा प्रतिबन्ध लगाउने बताएका छन् । 

यो जलवायु परिवर्तनबाट बच्न र परमाणु जस्ता उद्योगहरुमा रोजगार सिर्जना गर्नका लागि प्रधानमन्त्रीको ‘हरित औद्योगिक क्रान्ति’ योजनाको हिस्सा हो ।

उक्त योजनाको आलोचकहरुका अनुसार, ४ अर्ब यूरो वितरण यो चुनौतीको सामना गर्नका लागि अधिक सानो रकम हो ।

प्याकेजमा घोषित नयाँ रकमको कुल राशी तीव्र गतिको रेल, एचएसटूको अनुमानित एक खर्ब पाउण्डको २५ औँ हिस्सा हो । एजेन्सी 




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।