बुधबार उपत्यकाका १०३८ जना सहित १४४२ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

Nov 18, 2020 05:02 PM Merolagani



बुधबार एक हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई लाख १२ हजार ९१७ पुगेको छ । जसमध्ये सक्रिय संक्रमण हुनेहरु २८ हजार ८७८ जना छन् ।

पछिल्लो २४ घण्टामा कोभिड १९का कारण १२ जनाको मृत्यु भएको छ । हालसम्म देशभरमा ज्यान गुमाउनेको कुल संख्या एक हजार २५९ रहेको छ ।

आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका एक हजार ३८ जना रहेका छन् । ४०३ जना महिला र ६३५ जना पुरुष गरी सो संख्या पुगेको हो ।

यसैगरी गत २४ घण्टामा कोरोना निको हुने तीन हजार ५३८ जना रहेका छन् भने अहिलेसम्म कुल एक लाख ८२ हजार ७८० जनाले कोरोना जितिसकेका छन् । हाल क्वारेनिटनमा ९१० जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो एक दिनमा ६ हजार ७३१ पीसीआर परीक्षण भएको छ भने अहिलेसम्म कुल १६ लाख २३ हजार ७५४ परीक्षण भइसकेको छ ।

 




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।