सिभिल बैंकको नाफा ३९ प्रतिशतले घट्यो

Nov 19, 2020 10:07 AM Merolagani



सिभिल बैंक (CBL) ले चालु आर्थिक वषृको पहिलो त्रैमासमा ३९ प्रतिशतले नाफा घटेको वित्तीय विव।रण सार्वजानिक गरेको छ। 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ९ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा ३९.१८ प्रतिशतले कम हो। गत वर्ष यसै अवधिमा बैंकले १५ करोड ८९ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

पहिलो त्रैमासमा बैंकको वितरणयोग्य १२ करोड ९९ लाख ७ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा गिरावट आउदा उसको खुद नाफा पनि घटेको हो । पहिलो त्रैमास बैंकले ४९ करोड ७६ लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत वर्षको तुलनामा १७.४६ प्रतिशतले कम हो। 

बैंकको सञ्चालन नाफा पनि ३८.८२ प्रतिशतले घटेर १३ करोड ८२ लाख ३१ हजार रुपैयाँमा झरेको छ ।

समिक्षा अवधिमा बैंकले ६९ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरी ५६ अर्ब ९२ करोड ७८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

चुक्ता पुँजी ८ अर्ब ३३ लाख ९० हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १ अर्ब ६६ करोड रुपैयाँ छ ।

बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ९९ पैसाबाट घटेर १ रुपैयाँ २१ पैसामा झरेको छ भने प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ४१ पैसा र मूल्य आम्दानी अनुपात ३३.९९ गुणा छ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।